पुग्नुथियो
गाउँसम्म, भयो बाटो बन्द ।
खुल्नेचाँही हो
कहिले, छैन छेकछन्द ।
सुत्केरी छिन प्यारी
मेरी, बिरामी छिन आमा ।
बाटो हुँदा चक्काजाम,
आँशु छन् आँखामा ।
माग्ने एउटा दिने
अर्कै, आपसको तानातान् ।
बिचबाटो मै
अत्रपत्र छु, पिर कस्ले बुझ्देलान् ।
न हो दोषी यो
मुलबाटो, न हुँ दोषी म नै ।
माग तिम्रो
अरुसंगै, पिडा हाम्लाइ झनै ।
जाने हो म
धेरैटाढा, नरोक्देउ बाटो ।
आजै देखि
त्यागिदेउ, बन्दको यो पाटो ।
No comments:
Post a Comment