भेज भनी फुर्ति झार्ने खान्छन संधै बफ ।
साँचो बोल्छु भन्छन तिनै लाईरहँदा गफ ।
आकाशका तारा झार्ने सपना नि बाँड्ने,
कति खोक्न सक्याहोला निस्किँदा नि कफ ।
तातौँ तातौँ भन्दै सबलाई हुल्छन भुँग्राभित्रै,
उस्केका ति छालाहरुमा लाउन दिन्नन् बरफ ।
बोल्न पाए पुग्छ तिन्लाई चाँहिदैन टपिक,
एकशब्द बोल्छु भन्दै बोल्छन हरफ हरफ ।
सपना त देखाउँछन सिँगापुर र स्विसको,
पाउरोटी हो भन्दै बाँड्छन उनै सुख्खा पफ ।
भेज भनी फुर्ति झार्ने खान्छन संधै बफ ।
साँचो बोल्छु भन्छन तिनै लाईरहँदा गफ ।
अस्तु !
बाबाजी आफै हुन :डी
ReplyDeleteहैनन् ।
Deleteहुन
Deleteको मनुख्य रैछन् यी
ReplyDeleteत्यही पत्ता लगाउनु परो भनेको के ।
Deleteबाइ त वे यहाँ कमेन्ट गर्दा जमानामा बनाको तर बाहियात blog को लिंक पो देखाउाछ त । खासमा मेरो bog www.bigyasharma.com हो है । चेतना भया
ReplyDeleteको रैच त यार....पत्तो लाम्न पर्यो
ReplyDeleteलौ त लौ ।
Deleteकति ज्ञानी हुन् के यिनी आफ्नै कुरा लेख्नी,
ReplyDeleteमेरा आँखा झनै ज्ञानी लेक्या कुरा देख्नी ।। :D :D
हाहाहा । बजैका कुरै बेग्लै आफ्नो कुरा नामै नभनी भन्न सक्नी । :D:D
Deleteबाबाजी चाहिँ होइनन् । मलाई कोहीकोहीमाथिचाहिँ शका छ । :P
ReplyDelete:) juhari gajap ra6
ReplyDeleteधन्नेवाद । :P
Delete