Wednesday, November 11, 2009

लाइफ स्टाइल

आधुनिक बाबाजी मु्स्कान ।
आँखा र ‌‌ओठ दुबै चलायमान भएछन ।
रौद्र मुद्रामा बाबाजी ।

सुर्खेत र सोच्नै पर्नेकुरा

मध्यपश्चिम धार्मिक ऐतिहासिक, साँस्कृतिक र पर्यटकिय दृष्टीले सम्पन्न छ । विविधतामा एकता यहाँको महत्वपूर्ण संस्कार मान्न सकिन्छ । तराई, पहाड र हिमाल तिनै वटा क्षेत्रले छुनु यहाँको अर्को महत्वपूर्ण पक्ष हो । हिमालका भोटे वा तराईका थारु, हिमालका बौद्ध धर्मालम्वी तराई पहाडका हिन्दु, मुस्लिम क्रिश्चियन र शिख यहाँको धार्मिक एकताको नमुना सहिष्णु एवं सभ्य समाजको परिचय हो ।
विगत लामो समय देखी मध्यपश्चिम क्षेत्र राजनीतिको उपेक्षाको शिकार बनेको छ । फलतः यो विविधता सम्पन्नतालाई चिन्नेरहरुमा कमी छ । शिक्षा, स्वास्थ, रोजगारी, खानेपानी लगाएतका विकास निर्माण हुन नसक्नु यसका लागि राज्य उदासिन देखिनु निश्चित पनि राम्रो पक्ष होइन । कर्णाली सर्वाधिक विकट क्षेत्र हो । कर्णाली पिछडीएका, अशिक्षित, रोगी, वेरोजगारी, आभावै आभावमा जिवन चलाउनेहरुको क्षेत्र हो । कर्णाली, सर्वाधिक भु–विकटता/ट्रयाक खोलिएको बाटो बाहेक सडकले राम्ररी फेरा नहालेको क्षेत
रारा, कर्णाली, भेरी, जलस्रोतको अपार धनी जीवन बुटीका कुरा त उल्लेख गर्न बाँकी छ । जुनकुरा अन्यक्षेत्रमा छैन त्यो चिज कर्णालीमा छ । तर दुर्भाग्य यस क्षेत्रको विकासकालागी कसैले चासो दिएको छैन् । बरु यसको स्वरुपमा विगार्नमा प्रयन्न भएका छन् । मध्यपश्चिमको इज्जत साच्चैनै सुर्खेतले बचाई दिनुपर्ने परिस्थिती छ । सुर्खेत मध्यपश्चिमको सदरमुकाम हो । सबैलाई जानकारी छ । सुर्खेतमा ऐतिहासिक तथ पर्यटकिय स्थलहरुपनि छन् । जसलाई सुनेर यो क्षेत्रमा पाइला टेक्नेहरुको संख्यामा पनि कमी छैन् । उपत्यका सानो हुनु, विच केन्द्रको अग्लो ठाँउमा काँक्रेविहार भग्नावशेषश, शिव मन्दिर हुनु । बुलबुले ताल, घण्टाघर अनी प्रवेशद्वारमै देउती बज्यै मन्दिर हुन । मनोरम दृष्यले लोभ्याउने सुर्खेतको गतिलो शक्ती बनेको छ । उपत्यका बाहिरका पर्यटकिय स्थलका प्रसंगलाई कोट्याउनै गाह्रो छ । उपत्यकाका कुरा लेखेरै सकिदैन । यो स्थान धार्मिक पर्यटकिय दृष्यले जती महत्वपूर्ण छ शैक्षिक दृष्टकोणले उत्तिकै महत्वपूर्ण छ । मध्यपश्चिममा शिक्षाको ज्योती फैलाउन ठूलो भुमिका निभाउने स्वामी चेतानन्दको नारायण मन्दिर लाटीकोईलीको बसाईले इतिहास साक्षी बनाएको छ । यो जिल्ला विभिन्न स्थानबाट उच्चशिक्षा हासिल गर्न आउने स्थान बनेको छ । अझ मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना हुने निर्णयले शिक्षाक्षेत्रको केन्द्र मात्र होइन अनुसन्धान केन्द्रपनि बन्दैछ । मैले मध्यपश्चिमलाई जोडेर सुर्खेतका बारेमा केही लेखे । तर दुर्भाग्यको कुरा हामीमा सुर्खेतका लागि वा यो क्षेत्रका लागि केही गर्ने नयाँ सोच छैन् । भए पनि गर्ने जोश जागर छैन् । भनै पर्छ सकारात्मक सोचको आभाव छ । बुलबुले ताल महत्वपूर्ण पर्यटकिय र अनुसन्धान केन्द्र बन्न सक्छ । काँक्रेविहार इतिहासको अभिलेख हो । मानव इतिहासलाई साक्षी राख्ने स्थान हो । देउती बज्यै मात्र होइन यहाका गुम्वा देखि चर्च सम्म धार्मिक बोधको पहिचान हुन् । घण्टघर समयको सूचकमात्र होइन यसको अर्कै महत्वपूर्ण पक्ष हो । यस्ता हाम्रा सम्पतिको संरक्षण र पुननिर्माण हुन सकिरहेको छैन् । काँक्रेविहारको पुननिर्माण हुन नसक्नु समग्र मध्यपश्चिमलाई क्षतिहुन हो । बुलबुले ताललाई उचित व्यवस्थापन गरी संचालन गर्न नसक्नु भएको स्वरुपलाई विर्गानु हो । हामीले जानेर पनि बुझ पचाएका छौ । सुर्खेतको वीरेन्द्रनगर सानो उपत्यका हो । उपत्यकाको जमिन उर्वर छ । उत्पादन राम्रो हुन्छ । आजभोली शहरीकरण बढी रहेको छ । त्योपनि खेत तीर अर्थात उब्जनी क्षेत्र तीर । हरेकदिन उत्पादनशिल जमिनमा घर बन्न थाले भने एकदिन उपत्यकामा घरैघर हुनेछन् । खाद्य वस्तु उत्पादनमा कमी हुनेछ । यतिवेला हाम्रोपुस्ताले सोचेन भने पछिल्लो पुस्ताले हामीलाई सराप्ने छ । मैले यहाँ उठाउन खोजेको कुरा बजार व्यवस्थापन पनि हो । समयमानै बजार व्यवस्थापनको कुनै पहल नगर्ने हो भने त्यो दुखको दिन आउने छ । सबै घर मात्रै हुने हुन् भने खानेकुराको अभावले पगरी बाध्ने छ । हरेक कुराको धनी क्षेत्र हुदाँ हुदै हामीले आफ्नै लागि केही गर्न सकिरहेको छैनौ । युवामा यो कुराको बोध हुन जरुरी छ । स्वच्छ, सफा राख्नु, इतिहास बचाउनु, धार्मिकस्थलको संरक्षण गर्नु आर्थिक दृष्टीले सम्पन्न हुनलाई मात्र होइन मानव जीवनयापन सहिसुष्ण रहनु र पर्यावरणीय रुप सफा रही आफु इकोसिष्टम अनुरुप बाच्नकालागि पनि यस्ता सम्पदाको संरक्षण गर्नुपर्ने वेला भएको छ । सरकारी निकायको मुख ताकेर वस्नु भनेको यस्ता स्थललाई कुरुप बनाउनु र समयलाई बर्वाद बनाउनु हो । अर्काले गरिदेला भन्नु मुर्खता मात्र हो । त्यसैले भ्रमण गर्न बाहिर जानु भन्दा आफ्नै भ्रमण स्थलको उचित मर्मत सम्भार गरि अरुलाई भ्रमण गर्न भित्र्याउनु यो क्षेत्रको विकासका लागि टेवा पुर्याउने माध्यम बन्न सक्छ । समयमै नयाँ पिढीको ध्यान पुगोस । शुसिल शर्मा नमस्ते सुर्खेतबाट साभार ।

Tuesday, July 14, 2009

केही तस्बिरहरु

बुलबुलेको धारा कल-कल बगिरहेको पानी.......

म पृष्ठभुमिमा मध्य पश्चिमान्चल बिकास क्षेत्रका आदिबासी जनजाती थारुहरु, काठमाडौंमा सम्पन्न एक प्रतियोगितामा नृत्यका लागि तयारी अवस्थामा

म र पृ्ष्ठभुमिमा-द्धन्द्धकालमा भत्काइएको दैलेख जिल्लाको दुल्लुस्थित दरबार र भगवति मन्दिर


हिउँको पछेउरी ओढेर सेताम्य भएको सिद्दापाइला डाँडा, सुर्खेत

बुल बुलेको ताल............. माछी पर्‍यो जाल ...........सुर्खेतको बुदबुले ताल ।


Wednesday, July 8, 2009

तस्बिरमा केही यादपूर्ण क्षणहरु

काठमाडौंमा सम्पन्न नेपाल स्काउटको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सुर्खेती झ्याउरे नाच

सयौ बर्षदेखि अनवरत रुपमा बल्दै आएको दैलेखस्थित श्रीस्थान मन्दीरको ज्वाला

बीरेन्द्रनगरमा रहेको घण्टाघर


२०६१ साल ताका, सुर्खेतमा रहेको रेडियो भेरी एफएममा समाचार बाचन गर्दै साथमा दीपा कोइराला

Monday, July 6, 2009

राउटेहरुको फोटो ग्यालरी

राउटे एक चिनारी ; फोटो फिचर
राउटे बच्चा आफ्नो कटेरो अगाडी टोलाउदै

राउटे केटाकेटीहरु

कोशी बनाउदै राउटे युवक

बृद्द राउटे आरी बनाउदै

राउटे बिधवा महिलाहरु

संक्षिप्त चिनारी :-
राउटे, सुदूरपश्चिम र मध्यपश्चिम नेपालको बिकट पहाडी जिल्लाहरुमा बसोबास गर्ने फिरन्ते जातिको मानब समुदाय हो । संकटपूर्ण अबस्थाबाट जीबन यापन गरिरहेको यो जातिका मानिसहरु हाल आएर निकै कठिन अवस्थामा जीबन बिताउँदै छन । यिनै राउटेको केहि फोटोहरु तपाइहरुको लागी काम लागोस भनेर यो ब्लगमा राख्ने कोसिस गरिएको छ ।

Wednesday, June 24, 2009

कांक्रेबिहार

नेपाल मध्य-पश्चिमान्चलको केन्द्र बिन्दु भेरी अन्चल सुर्खेत जिल्लाको सदरमुकाम तत्कालिन बाईसे चौबिसे राज्यको अवस्थामा दुल्लु राज्य अन्तरगत थियो पछि सुर्खेत उपत्यकाको लाटीकोईली गा.बि.स अन्तरगत पुर्व पश्चिम लम्पसार परेको जंङ्गल भित्र रहेको भग्नावशेष शिखर शैलीको भग्नावशेष सम्भवतः नेपालको सबै भन्दा ठूलो बौद्ध बिहारको भग्नावशेष हो । यस्मा कुनै दुइमत छैन । सुर्खेत जिल्लाको मात्रै नभएर नेपालकै ऐतिहांसिक पुरातात्विक सम्पदा मान्नुमा कुनै अत्युक्ति नहोला । शिखर शैली भएकै कारणले यो हिन्दु मन्दिर हो भन्ने विवादले गर्दा यस्को पुनरनिर्माण हुन अवरोध भैरहेकोछ । यो कसरी हिन्दु मन्दिर हुन सक्छ त भन्दा केहि हिन्दु मानसिकता बोकेका पुरातत्वविदहरुले आफ्नो तर्क राखेका हुन् । भग्नावशेषमा केहि देवीका मूर्ति हुनु, शिखर शैलीको मन्दिर हुनु, हिन्दु मन्दिर नै हुनुपर्छ त्यसो भए गौतम बुद्धको आमा महामाया गौतमीलाई मायांदेवी भनेर चर्चा चलाएर मायादेवी मन्दिर भनेकोले त्यो हिन्दु मन्दिर भयो -भग्नावशेषमा केहि बांदर, सिंह, हात्तिको मूर्ति भेट्टनिुले हिन्दु मन्दिर हुनु पर्ने यदि हिन्दु मन्दिर भएकोभए किन भग्नावशेष अवस्था भयो त कस्ले भत्कायो कस्ले काट्यो? यथार्थता यस्तो हो थुप्रै त्यस्ता बौद्ध बिहारहरु शिखर शैलीका छन् भारतमा भएको बौद्ध तिर्थस्थल बोधगयामा भएको गन्धकुटी मन्दिर शिखर शैलीको छ । मन्दिर भनिए तापनि ति बौद्ध मन्दिर हुन । अर्को कुरा बौद्ध ग्रन्थमा सिंहलाई बुद्धको प्रतिकको रुपमा पनि मानिन्छ र हात्ति पनि महामायां गर्भ प्रवेषमा सेतो हात्तीको चर्चा छ भने धेरै ठाउंमा हात्तिले जङ्गलमा ध्यानको अवस्थामा संरक्षण र फलफूलको व्यवस्था गरेको पाईन्छ भने बांदरहरुले बुद्धलाई मौरीको मह भोजनको रुपमा समर्पण गरेका हुन् भन्ने बौद्ध ग्रन्थमा उल्लेख गरेको पाईन्छ । बांदर देखिएकोलाई हनुमान भन्ने मानसिकताले गर्दा कतिपय विव्दान अबुझहरुले यसो भन्ने गरेको पाईन्छ । शिखरशैली भएका बौद्ध मन्दिरहरु हिन्दु मन्दिर भन्नु कस्तो मनस्थिति होला आफै बिचार गरौ वास्तवमा कर्णाली क्षेत्र भनेकै बौद्ध क्षेत्र हो यस क्षेत्रमा थुप्रै बौद्ध राजाहरुले राज्य गरेको इतिहांसले प्रमाणित गरेकोछ । यसै क्षेत्रका एक हिन्दु विव्दान मानिने योगी नरहरिनाथले पनि कनकपत्र, शिलापत्र, सन्धीपत्र, वंशावली, लोक संस्कृति, भाषाको बिषयमा उल्लेख गरिएको पाईन्छ । भाषा संस्कृतिको आदि श्रोत कर्णाली प्रदेश हो भन्ने निर्विवाद छ । खस जातीहरु कर्णाली प्रदेशको सर्वाधिक पुरानो जाती मानिन्छ । त्यसैले पनि नेपाली भाषालाई खस भाषा भन्ने पनि चलन रहेकोछ । उनिहरुले त्यस जातिलाई अवैदिक आर्य भनेर बणन गरेको पाईन्छ । शासन सत्ताको हिसाबले कर्णाली प्रदेशका सबैभन्दा पुरानो राजा नागराज मानिएको छ । उनले स्थापना गरेको राज्यमा चाप, चपिल्ल, चल्ल, मल्ल र बर्माहरुले राज्य गरेका थिए भनिएकोछ । दैलेख दुल्लुको किर्ति स्तम्भले पनि तिव्बतको खारी प्रदेशबाट आएको बताएकोछ । त्यस अभिलेखको आधारमा गढवाल बाराहाटको एउटा मूर्तिमा तिव्बती भाषामा र लिपिमा भट्टारक नागराज मुनिको कृति भनिएको छ र बौद्ध धर्मावलम्बी भएका र अभिलेखमा पनि बुद्धमूर्ति अंकित गरिएकोले उनि पक्कै बौद्ध धर्मावलम्बी भएको प्रष्ट हुन्छ । कर्णाली प्रदेश ठूलो क्षेत्रमा फैलिएको थियो । राज्य फैलिए जस्तै त्यति बखत निर्माण गरिएका बौद्ध स्मारकहरु पनि यत्र तत्र देखिन्छन् । अछामको कूची बिहार स्तूप, दैलेख बिनायकको पन्चदेवल, मान्म कालिकोटको पन्चदेवल, दुल्लु पाथरनाउली माथिको पन्च देवल, दैलेख पादुका स्थानमा रहेको बुद्धमूर्ति अंकित अभिलेख, सिंजा लामाथाडामा प्राप्त बुद्धमूर्ति अंकित माटा चक्कीहरु ले पनि प्रमाणित गरेकोछ ।
खस साम्राज्यकोर् इतिहांस राज्य व्यवस्था पृष्ठ ९० मा राजा बोधिसत्ववतारका रुपमा भनेर यसरी उल्लेख गरेकोछः खारी प्रदेशमा तिव्बती बौद्ध विव्दानहरुको सम्पर्कमा आएपछि खस राजाहरुले् बौद्ध धर्म अपनाएका थिए । बौद्ध परम्परामा राजालाई बोधिसत्वको अवतार मानिन्छ । राजा क्राचल्ल, अशोकचल्ल, पुण्यमल्ल, पृथ्वीमल्ल आदिले आफूलाई सोझै "अभिनवबोधिसत्वावतार" भनेर लेखाएकाछन् । अभिसमयालंकार नाम बौद्धग्रन्थको पुष्पिकावाक्यमा रिपुमल्ललाई राजराजेश्वर लोकेश्वर भनिएकोछ । यस प्रकार खस राजाहरुलाई हिन्दू तथा बौद्ध मान्यताअनुरुप आ-आफ्नै ढङ्गले बिशेषण दिएर उनिहरुको महत्ता दर्शाईएकोछ ।
सुर्खेत उपत्यका पनि र्बौद्ध धर्म क्षेत्रको रुपमा महत्वपुर्ण स्थल थियो भनेर अनुमान गर्न सकिन्छ । सुर्खेतबाट बि.सं १३७० सारेर लगिएको "अभिसमयालङ्कार" हस्त लिखित बौद्धग्रन्थ तिव्बतको स्पोनकाङ्ग गुम्बामा पाईएकोछ । यो कसरी त्यहां पुग्यो सुर्खेतमा प्राप्त वि.सं १३४९ को शिलालेखबाट आसा साहु र रुद्रादेवीले त्यहां एक देवल बनाएको बुझिएकोछ र सुर्खेतमा प्राप्त बुद्ध, मैत्रेय, लोकेश्वर, ताराका मूर्तिहरु कला र शिपको उच्च नमुना मानिन्छ । त्यहां भएका ढुङ्गाका सुन्दर मूर्तिहरु हेरेर नै मन न लोभिने बिरलै भेट्टएिला । यो क्षेत्र बौद्ध क्षेत्र मान्निछ भने यहि बाटो भएर गुरु पद्मसम्भव आफ्ना चेलाहरुको साथमा तिव्बत प्रस्थान गरेका थिए जस्ले सम्झना स्वरुप बिभिन्न स्थानमा स्तम्भहरु निर्माण गर्दै गए भन्ने अनुमान पनि गर्नसकिन्छ । यसबाट कांक्रेबिहारको निर्माण ७०० बर्षअघि भएको अनुमान गर्न सकिन्छ ।कांक्रेबिहार भग्नावशेषमा भएको बिशाल भग्नावशेष । यो चारसय फिटको परिधिमा फैलिएको २०फिटजति अग्लो थियो भनिन्छ ।
कांक्रेबिहार परिसरमा एउटा नलंकर बिहार थियो त्यसैको नामबाट कांक्रेबिहार नाम भएको हो भनेर पातालगङ्गाका पुराना बृद्ध थारुहरुले भन्दछन् । धेरै बर्षपहिला यहां हात्तिकिल्ला पनि थियो र हामीले हात्ती लिदि पनि देखेका हौं भन्दछन् । त्यस स्थानमा खपडाका केहि अंशहरु अहिले पनि भेटिन्छन् । यस बिहारलाई अध्ययन गर्दा सुर्खेत उपत्यकामा उच्चकोटीको सभ्यताको विकसित भएको थियो र कांक्रेबिहार बौद्ध धर्मको प्रसिद्ध केन्द्र मानिन्थ्यो भन्ने प्रष्ट हुन्छ । भनेर खस साम्राज्यकोर् इतिहांसमा उल्लेख गरेकोछ । सोहि पुस्तकमा भनिएको लामाका चार स्थानहरु पुण्य मल्लको वि.सं. १३९४को दान पात्रमा "चत्वारि लवंपादानं स्थानानि"-लामाका चार स्थान लाई पनि राक्षी राखखिएको छ-.असं.२७) लामाका चार स्थान कुन-कुन थिए प्रष्ट छैन । तिनिहरु लुम्बिनी, कपिलवस्तु, सारनाथ, बोधगया हुन सक्छन अथवा लुम्बिनी, कांक्रेबिहार, खोजरनाथ र शाक्य बिहारलाई लिईएको पनि संभवछ । राजा रिपु मल्लले लुम्बिनी र कपिलवस्तुको तीर्थ यात्रा गरेकाथिए ......आदित्य मल्लले बाल्यकालमा यही शाक्य बिहारमा गई बौद्ध शिक्षा ग्रहण गरेका थिए ।" भनेर उल्लेख गरेको छ । यस सम्बन्धमा प्राध्यापक अधिकारीज्यूले बोद्ध दर्शन पनि अध्ययन गर्नु भएको भए यस्तो कुरा उल्लेख हुने थिएन किनकि चार स्थान लामा अथवा बौद्धहरुको तीर्थ स्थल चार छन ति कुन भने लुम्बिनी मेरो जन्मस्थल, बोधगया ज्ञान लाभ, सारनाथ धर्मचक्र प्रवर्तन स्थल र कुशिनगर निर्वाण प्राप्त स्थान हुन भनेर ललितबिस्तरमा भगवान बुद्ध स्वयम्ले भन्नु भएको उल्लेख गरेकोछ । यस्मा बौद्ध दर्शन अध्ययन गर्नेहरुले अन्यौलमा पर्नुपर्दैन । र सहायक तीर्थ स्थलका रुपमा बौद्धहरुले कपिलवस्तु आफ्नो घर, देवदह-मावल, भारतको श्रावस्ति जहां भगवान बुद्धले उपदेश दिने क्रममा र्सबाधिक बर्षास गरेको स्थान हो । बिहार शव्दलाई बिश्लेषण र अध्ययनको जानकारी हुन पनि आवश्यक छ केहो त बिहार भनेको - पौणाणिक समयमा देवताहरु घुमफिर गरेकोलाई पनि बिहार गरेको भनिएको पाईन्छ ।
बौद्ध ग्रन्थमा बुद्धले बिहार गर्नुभएको अवस्था भनिएको पाईन्छ अर्थात बुद्ध आएर बस्नु भएको अवस्थामा भनिन्छ भने भारत श्रावस्तीका अनाथ पिण्डकले जेतवन बिहार भिक्षुहरुलाई आरामपुर्वक बस्ने स्थानको रुपमा दान दिएको भनिएकोछ अर्थात भिक्षुहरु बस्ने स्थान जहां बुद्धको आराधना ध्यान पनि गरिन्छ । अतः सुर्खेतको कांक्रेबिहारमा त्यतिबखत कुनै बौद्ध राजाले बोधिसत्वको रुपमा आएको अवस्था र केहि बौद्ध भिक्षुहरु बसेको कारणले बिहार भनिएको हुनुपर्छ । कांक्रेबिहारको सन्दर्भ खस साम्राज्यकोर् इतिहांसमा पृष्ठ १४६को ४ मा यसरी उल्लेख गरिएकोछ "मन्दिरको मूर्तिकला र वास्तुशिल्पलाई दृष्टिगत गर्दा मध्यकालिन प्रस्तर कृतिहरुमा यस भेकमा अतुलनीय देखिएकोछ । स्व. योगी नरहरिनाथले त्यस्को तुलनामा पाटनको कृष्ण मन्दिरले व्दादशंस होला, कला दृष्टिले शतांश पनि छ कि छैन । यो बिहार त्यो बेला मूलकाजी भीमसेन थापाका ध्रुव -धरहरा) भन्दा अग्लो हुंदो हो । टुटेफुटेका लूप्तशेष इनै ढुङ्गा जोरेपनि शय हात अग्लो हुनेछ" भनी २०१२-१३सालतिर टिप्पणी गरेका थिए ।
कांक्रेबिहार भग्नावशेष केहि महत्वपुर्ण कलात्मक मूर्तिहरु संरक्षणको लागि क्षेत्रीय संग्राहालयमा राखिएकोछ भने हाल कांक्रेबिहार भग्नावशेष स्थलमा पनि टहरा बनाएर घाम पानीले सुरक्षित गर्ने व्यवस्था गरेकोछ । जस्मा मायादेवी र सानो भग्नमूर्ति नवजात शिशु सिर्द्धार्थको मानिएको लुम्बिनी वनमा बुद्ध जन्मेको घटना संग सम्बन्ध देखिएकोले पनि यो भग्नावशेष बौद्ध बिहार नै हो भनेर ठोकुवा गर्न सकिन्छ । कांक्रेबिहारमा भएका बिशाल ढुङ्गाहरु कहांको हो त भनेर खोज गर्दा सुर्खेतको चारकुनेको भन्ने अनुमान अलि नमिलेको देखिन्छ किनकि चारकुनेको ढुङ्गा अलि कमजोर देखिन्छ यद्यपि हाल पुनर्निर्माण गर्न चारकुनेको ढुङ्गालाई प्रयोग गरिएकोछ । मैले (लेखक) गरेको अनुमान सुन्दर ढुंङ्गाका कलात्मक मुर्तिहरु भारतमा कलाकारहरु द्वारा कुंदेर हात्तीबाट ल्याईएको अनुमान मिल्न गएको देखिन्छ । जंगलमा भएको ढुङ्गा सोही स्थलको हुनुपर्छ । यस प्रकार अनुमान गर्नुको कारण त्यस जङ्गलमा ढुङ्गामा मुर्ति कुदने कलाकारहरु धेरै समय सम्म बस्ने व्यवस्था हुन नसक्ने भएकोले भारत बाटै कुंदेर ल्याएको हुन सक्छ । पातालगङ्गा तिर हात्तिको लिदि देखिनु हात्ति किल्ला हुनुले बिशाल ढुङ्गाहरु हात्तीमा लादेर नदीको बाटो हुंदै कांक्रेबिहार निर्माणको लागि ल्याएको हुनु पर्छ भन्ने अनुमान गलत हो भन्न नमिल्ने देखिन्छ । यि बिहार कसरी भग्नावशेषमा परिणत भए त भनिन्छ ९० सालको महा भूकम्पमा भत्कीएको भन्ने अनुमान गरेको पनि पाईन्छ त्यो अनुमानलाई पनि मान्न नसकिने अवस्था कसरी देखिन्छ भने ८५ बर्षनाघेका लाटीकाईली पातालगङ्गाका बृद्ध थारुले आफ्नो बुवाको पालामा पनि यस्तै अवस्थाको थियो भन्दछन् ।



मूर्तिहरुको अवस्था हेर्दा धारीलो हतियार प्रयोग गरेर काटेको जस्तो देखिन्छ भने केहि मूर्तिहरुलाई घनले फोडेको जस्तो पनि देखिन्छ । यस्ले के अनुमान गर्न सकिन्छ कि हिन्दु धर्मका रक्षक मानिने जगतगुरु शंकराचार्यले धार्मिक यात्रा अभियान गर्दा उत्तराखण्डको यात्रा गरेका थिए । यसै सर्न्दर्भमा भारतबाट बौद्ध बिहारहरु भत्काउंदै र बौद्ध भिक्षुहरुको संहार गर्दै हिंड्दा सुर्खेतको बाटो हुंदै कर्णाली प्रदेश बाटो भएर तिव्बत प्रस्थान गर्दा यहां भएको कांक्रेबिहार बिहार नष्ट गरेको अनुमान गरिन्छ । किनकि उन्ले यस यात्रा अभियानमा बौद्ध धर्मको प्रभाव भएको स्थान कुमाउ गढवाल भेकलाई बौद्धमार्गीहरुलाई पराजित गर्दै नेपाल उपत्यकामा प्रवेष गरेका थिए भनेर खस साम्राज्यकोर् इतिहांसमा धार्मिक अवस्थामा उल्लेख गरेकोछ । यहां विद्वान लेखकले लेखनमा सत्यतथ्य लुकाएको स्थिति देखिन्छ । यद्यपि उहां अहिले यस संसारमा हुनुहन्न  । किनिकि उहां स्वयम एउटा हिन्दु ब्राम्हण भएकोले लेखेको पक्कै हुनुपर्छ । अधिकांश ब्राम्हण लेखकहरुले या त बौद्ध धर्ममा बिकृति आउने गरि लेखेकोछ या सत्य तथ्य लुकाएको अवस्था देखिन्छ । शंकराचार्यले बोद्ध भिक्षु भिक्षुणीलाई जबरजस्ती विवाह गर्राई गृहस्थी बनाईयो भनेर पनि उल्लेख गरेकोछ । उन्को अर्को आतंकारी कार्य ८४ हजार बौद्धग्रन्थ जलाउन लगाएको कुरा नेपालको भाषा वंशावलीमा उल्लेख गरेकोछ भनिएकोछ । वास्तवमा यहांनिर निष्पक्ष भएर सोंच्नुपर्ने कुरा के छ भने बौद्ध भिक्षुहरुलाई शस्त्रअस्त्र देखाएर डर त्रास देखाई बलपुर्वक बौद्ध धर्म त्याग्न लगाएको थियो । यसको अर्थ हिन्दु धर्मको व्यापकताले हिन्दु धर्मको प्रायः लोपहुने अवस्थालाई बचाएका थिए । शंकराचार्यको आगमन पहिले हिन्दु चारधाम मध्य बद्नीनाथ र केदारनाथमा बौद्धमार्गी पुजारी थिए र तिनको सट्टा आफु संगै आएका दक्षिण भारतीय ब्रम्हणहरुलाई बदरीनाथका नारायण र केदारनाथका शिवका पुजारी बनाए भन्नेको तार्त्पर्य त्यो स्थान बौद्ध मन्दिरलाई हिन्दु मन्दिर बनाएको हुनुपर्छ । त्यसै गरेर जुम्लाको चन्दनाथ मन्दिरलाई पनि बौद्ध बिहारबाट हिन्दु मन्दिरमा परिवर्तन गरिएको थियो । त्यसैले पनि कांक्रेबिहारलाई शंकराचार्यले नष्ट गरेको भन्ने अनुमानलाई गलत भन्न मिल्दैन ।बाईसे राज्यको समयमा कर्णाली प्रदेशमा खस राज्य थियो भन्ने इतिहांस साक्षी छ । अधिकांश बाईसे राज्यका साझा पुर्खा यशोवर्मा, मलय वर्माहरुले बौर्द्धधर्मलाई मानेको वा उच्च सम्मान गरेको अवस्था पाईन्छ । एउटा अभिलेखमा यशोवर्मालाई "बुद्धकुलावतार" भनेको पाईन्छ मलयवर्माले खोजरनाथमा १८गुम्बाको बौद्ध बिहार बनाउन लगाएको बताए अनुसार निजले सुर्खेतमा पनि नबनाएको भन्न सकिन्न । मलयवर्माको कालिकोट रैकासांघु अभिलेखमा बौद्धमन्त्र "ॐ मणि पद्मे हूं" अंकित गरिएकोछ । तथापी खस साम्राज्यको बिघटनपछि बौर्द्धधर्मले मुस्ताङ्ग बाहेक अरु कुनैपनि राज्यमा राजकीय मर्यादा मात्रै नभएर संरक्षण सम्म पनि पाउन सकको देखिंदैन । खस राज्यको समाप्ती संगै बौद्ध धर्म माथि सांस्कृतिक आक्रमण गरेर हिन्दु मन्दिर बौद्ध धर्मावलम्बिहरुलाई जन्यौ धारण गर्न लगाएर हिन्दुमा परिवर्तन गरेको अनुमान गर्न सकिन्छ । किनकि यस क्षेत्रमा भएका थुप्रै चैत्यहरु देवलहरुलाई हिन्दुवादीहरुले पांचपाण्डवले निर्माण गरेको भन्ने गरेको पाईएकोले के त यसै क्षेत्रबाट पांच पाण्डवले कुरुक्षेत्रबाट कौरबहरुको आक्रमण वा सताएबाट भागेर आएका हुन त जुम्लाको मिचागाउंका बौद्ध स्तुपहरु जुम्ला राज्यको समयमा निर्मित भएका हुन तिनिहरु मध्य एउटाको निर्माण वि.सं १५३९ मा हमिरु रावल र शिलमाला देवीले गराएको थियो अर्को बि.सं.१५५८मा हितु रावलले बनाउन लगाएका थिए भनेर प्रा.डा. सुर्यमणि अधिकारीको बाईसे राज्यकोर् इतिहांस मूर्तिहरुको अवस्था शिर्षको बौद्ध धर्मको अवस्था पृष्ठ ३१३मा उल्लेख गरेअनुसार कांक्रेबिहारको निर्माण ५०० बर्षअघिको हुनुपर्छ भन्ने अनुमान गरिएकोछ ।

यस क्षेत्रको ऐतिहांसिक शिलालेखहरु, ताम्रपत्रहरु बिदेशीएको अवस्थालाई बिचारगर्दा यस क्षेत्रकार् इतिहांसविद अन्वेषक योगी नरहरिनाथको कैफियत छैन भन्न मिल्ने अवस्था देखिंदैन । यस क्षेत्रको दुल्लु पाथरनाउलीको देववर्माको शाके १२७६ शिलालेख अभिलेख,अछामको जयगढस्थित यशोवर्माको शिलालेखहरुमा,दुल्लु दुल्लभेश्वरको शाक्य १२७७ को जयसिंहको शिलाललेख,अछाम घोडासैन स्थित तारादेवीको शिलालेखमा "ॐ मणी पद्मे हू" दुल्लु पादुका स्थानमा बुद्ध मूर्ति अंकित धर्म स्तम्भको शिरोभागमा अशोक चल्लका पालामा सउना कार्कीको स्तम्भ लेख मा "ॐ नमोवुद्धयेः । स्री ...उल्लेख गरेकालाई अध्ययन गर्दा केवल उच्च सम्मान गरेको नभै त्यस बखत बौद्ध धर्मावलम्बि राजा भएकैले पनि ति सबै बेपत्ता पारिएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । त्रिभूवन विश्व विद्यालय एशियाली अनुसन्धान केन्द्रका तर्फबाट एउटा अनुसन्धान टोली टी. हार्वड र प्रा.डा.टेकबहादुर श्रेष्ठको टोलीले २०६४ र २०६५ सालको कार्त्तिक महिनामा कांक्रेबिहारको अनुसन्धान गरेर गएकाछन् ।
अन्तमा कांक्रेबिहार बौद्ध भग्नावशेष सुर्खेत उपत्यकाको ऐतिहांसिक सम्पदा मात्रै नभएर देशकै सम्पदा हो भनेमा अत्युक्ति नहोला । यस्को सरंक्षण सम्बर्धन र पुनरनिर्माण गरे पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके नयां नेपाल बनाउन थप योगदान हुने विश्वास गरिएकोछ ।
Written By: जीवनकुमार शाक्य

Friday, May 22, 2009

सुर्खेतका केही चर्चित पर्यटकिय स्थलहरु

सुर्खेत उपत्यका (सिद्दापाईलाबाट लिइएको फोटो)
कांक्रेबिहार भग्नावशेष

कांक्रेबिहार
सुर्खेत जिल्लाको मध्य भागमा महाभारत र चुरे पर्वत श्रृँखलाका बीचमा अवस्थित गोल समथर उपत्यकाको बीचमा हवाइजहाज बसे झैं आकारमा रहेको उच्च भुखण्डको टाकुरोमा कांक्रेबिहारको भग्नावशेष छ । सदरमुकाम वीरेन्द्रनगरदेखि दक्षिणतर्फ अन्दाजी ४ किलोमिटरको दुरीमा रहेको काँक्रेबिहारको नाम कसरी रहन गयो भन्ने विषयमा कुनै ठोस ऐतिहासीक सबुत प्रमाण प्राप्त हुन सकेको छैन । यस सम्बन्धमा अनुमान जनश्रुति र किम्बदन्ति नै प्रचलित छन् ।
विभिन्न सम्भावनाहरुको थुप्रोको रुपमा रहेको भग्नावशेष बारे खोज अध्ययन गर्ने क्रम बढेको छ । नेपाल सरकारका तर्फबाट भग्नावशेष उत्खनन् गर्ने कार्य भएको छ । हाल उत्खनन् गरी झिकिएका कलात्मक ढुंगाहरु सरकारी गणनामा टाकुरा भरी यत्रतत्र छरपष्ट छन् । यहां प्राप्त प्रस्तरहरुमा कुदिएका आकार हेर्दा पाचरथ शैलीको शिखराकार र लम्ब रेखाकार मन्दिरलाई प्रदर्शित गर्छ भने जगमाथि दुई तले शिखर शैलीको मन्दिरको प्रतिरुपलाई देखाउंछ । उत्खनन् भएका प्रस्तरहरुको वैज्ञानीक अध्ययनबाट मन्दिरको स्वरुप पत्ता लाग्ने बताइएको छ । ठुला ठुला विभिन्न साइज र आकारमा तरासिएका प्रस्तरहरुमा कुंदिएका बुट्टाले त्यस बेलाको शिल्पकारीता कलाकारिताको अनुपम कौशलता प्रदर्शित भएको देखिन्छ । फलामका डण्डीले जोडी मन्दिरको निर्माण गरिएको देखिने प्रस्तरहरुमा भगवान बुद्ध देवी सरस्वती परी सिँह हात्ती र राजहंस ढुंगामा मेहनतका साथ कुंदिएका छन् ।
विभिन्न रुख बिरुवा लगाई संरक्षण गरिएको हराभरा कांक्रेबिहार संरक्षित क्षेत्र भित्र रहेको छ । ऐतिहासिक पुरातात्विक र धार्मिक दृष्टिकोणले महत्व राख्ने दृश्यावलोकनका लागि उपयुक्त चक्रपथ सहितको सडकको जालो हरियाली र छहारी भित्र विचरण गर्न सकिने वन्यजन्तु समेतको शोभायमान कांक्रेबिहार सुर्खेतको सबै भन्दा आकर्षण केन्द्र हो । दोश्रो लुम्बिनी भनिने तर उत्खननबाट विहार नै भन्न नसकिने कांक्रेबिहार, जैविक विविधता पुरातात्विक बस्तु वन्यजन्तु वनजंगलको दृष्टिले उल्लेखनिय छ । चिडियाखानाको प्रशस्त सम्भावना रहेको कांक्रेबिहार सुर्खेत उपत्यकाको अमुल्य निधि पनि हो ।

बुलबुले ताल
बुलबुले ताल (सुर्खेत उपत्यकाको पिउने पानीको मुख्य श्रोत )
सुर्खेत उपत्यको रत्न राजमार्ग नजिकै लाटिकोइली गा.वि.स. वार्ड नं. ९ मा रहेको बुलबुले ताल सुर्खेत उपत्यकाको चिनारी गराउने महत्वपूर्ण सम्पदा हो । बुलबुल गर्दै जमिन मुनिबाट निस्केको पानीको फोका र सोको अविरलतालाई दृष्टिपात गर्दै सोको आधारमा बुलबुले तालको नामाकरण गरिएको हो । यस तालको दुई तर्फ गरी १० वटा धारा जडान गरिएका छन् । पर्याप्त मात्रामा जग्गा अधिग्रहण गरिएको बुलबुलेलाइ विभिन्न जातका बोट बिरुवा फुलहरु रोपी पार्क समेत बनाई उद्यानको रुप दिइएको छ । वनभोजका लागि स्थल तयार गरिएको छ । ठाउं ठाउंमा चौतारी निर्माण गरी छहारी प्रदान गरिएको छ । बुलबुले तालबाट निस्केको पानीलाई जम्मा गरी केहि तल ठुलो तालको रुप दिइएको छ । जहां डुङ्गाको व्यवस्था गरी मनोरन्जन प्रदान गर्ने प्रयास गरिएको छ । सुर्खेत उपत्यकाको सबै भन्दा ठुलो पानीको श्रोत भएको बुलबुलेमा नुहाउने घुमफिर गर्ने मनोरन्जन विश्रामका लागि आउने मानिसहरुको घुंइचो नै लाग्ने गर्दछ । खानेपानी सिँचाई र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान ओगटेको बुलबुले उद्यान सुर्खेत उपत्यकाका लागि एक आकर्षक केन्द्र बन्न पुगेको छ ।

सुर्खेतकी आस्थाकी देवी देउतिबज्यैको मन्दिर 

भेरी नदी पुल
श्रोत : नमस्तेसुर्खेतडटकम ।