Tuesday, May 8, 2012

मेरो पथ र तिम्रो साथ ।



बिहेको दिनमा ।

समय, न तिम्रो बशमा हुन्छ न मेरो बशमा । हिजोजस्तै लागेथ्यो महिन्द्रा कम्पनीको सामान ओसार्ने भ्यानमा बसेर दुलाहा रुपी भेषमा तिम्रो घरमा हुलका हुल मान्छे लिएर बिहे गर्न गएको । अनि तिनै तनाम मान्छेहरुलाई साँछी राखेर बिहे गरेको । तर...करिब आठ बर्ष लागेछ है ख्यालख्यालैमा !

आजका दिनमा सम्झिरहेको छु त्यो पल, अनि त्यो भन्दा पनि पहिलेका रमाईला दिनहरु ।

म रेडियो स्टेशनमा गीतहरु क्यूमा राखेर घण्टाघर चौरमा तिमीलाई भेट्न पुगेको, अनि तिमी अफिसको खाजा समयलाई मारेर मलाई भेट्न बुलबुले छेउछाउमा आएको ।

थोरै समय र नियतवश नभएपनि अन्जानमै गरिएका ती घुमघामका रमाईला क्षणहरुलाई अचेल डेटिङ्ग भनिदोरहेछ, बल्ल बुझ्दैछु ।

तर बिहेको यतिका बर्ष भैसक्दा पनि तिमीलाई समय दिन नसकेकोमा उत्पात् पछुतो लाग्छ, पत्रकार थिएँ समय अभावका कारण बिहेका अघिल्लो दिनमात्र बिहेको तयारीमा जुटेको, रेडियोमा ब्यस्त हुँदा ससुरालीमा खाना खाने निम्तोमान्न जाँदा समेत समय अभावले खान नपाएर टिफीनमा बोकेर गएको खाना बाटैमा पोखिएको पल सम्झिँदा लाग्छ, “ती दिनहरुमा मैले के का लागि दौडधुप गरेको रहेछु हँ?”

बिहेको केही बर्ष पछि ।

एक दशकको बिहेको यात्रामा मुश्किलले मात्र एकबर्ष समय तिमीलाई दिएँहुँला र पनि तिमीले हाँसी हाँसी मलाई साथ दिईरह्यौ । तिमीले साँचेका सपनाहरुलाई लत्याएर म मेरै मुढी र जोगी पारामा कैले समाजसेवा त कैले अभियान भन्दै कता कता दौडिरहेँ तर तिमीले कहिल्यै यसो नगर भनिनौँ । बरु जे गर्छौ मन लगाएर गर पछुतो हुने काम कैल्यै नगर भन्यौ । जुन मेरालागि आज पनि प्रेरणादायी कुरा बन्दै आएको छ ।

यस विचमा तिमीले मलाई दिएको अमुल्य उपहार प्राप्तीपनि २ बर्षभन्दा बढीकी भैसकिन् । यो यात्राका क्रममा मैले देखेको तिम्रो यो त्याग, तपस्या, मेहनत अनि संघर्षका अघि नतमस्तक छु म । मैले नाटक गरेपनि, कथा लेखेपनि, रेडियो कार्यक्रम बनाएपनि या समाजसेवाका निम्ति विभिन्न अभियानमा सामेल भएपनि अबैतानिक रुपमा मेरो प्रमुख सल्लाहकारको भूमिका जून तिमीले निर्वाह गरिरहेकी छौ, बिहानै उठेर ग्रीन टी बनाएर खुवाएकी छौ, दिनभर मेहनत गरेर कमाई गर्दै मलाई बाँच्न सहज बनाएकी छौ त्यसको मुल्य हुनैसक्दैन ।

कान्ति, छोरी र म ।

त्यसैले यस क्षणमा मैले यी कुराहरु भन्न कुनै कञ्जुस्याँई गर्नैपर्दैन –“तिमी महान् आमा हौ, महान श्रीमति हौ, महान छोरी हौ, महान बुहारी हौ तर त्यो भन्दा कैयौ गुणा महान् मेरी अत्यन्तै नजीककि आत्मिय साथी हौ ।

काली....! अर्को जुनी त हुन्छ हुन्न थाहा छैन तर जुनीभर यो साथको अपेक्षा गरिरहनेछु ।

13 comments:

  1. बाबाजी, Salute for this couple (rather Triplet now) जुनीजुनीको साथ रहोस् !!

    ReplyDelete
  2. Yaha haruko juni varko sathko lagi dherai dherai shubhakamana!

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete
  4. Wooww very much liked it.. written in full of great n nice emotionally spirit.. Congratulation both of you once angain, and wish you all the best for both of your have pleasent journey togetherly forever..... and ever...!!!

    ReplyDelete
  5. तिमी महान् आमा हौ, महान श्रीमति हौ, महान छोरी हौ, महान बुहारी हौ तर त्यो भन्दा कैयौ गुणा महान् मेरी अत्यन्तै नजीककि आत्मिय साथी हौ । Really very nice dai ....

    ReplyDelete
  6. Happy anniversary Dai & Bhabi ....Have gr8 time 2 both of U...

    ReplyDelete
  7. दिन दिनै विहे प्रति युवाहरुको विश्वास उठि रहेको समयमा तपाईहरुको यो सम्बन्ध देख्दा रमाईलो, खुसी र आशा जागेर आयो । भग्वानले यो जोडि बचाएर राखुन र प्रतिदिन तपाईहरुको माया बढि रहोस् ।

    ReplyDelete
  8. शब्द भन्दा नि तस्वीर नै काफी छन् तपाईं को खुसि को आनुमान लगुना को लागि , राम्रो लाग्यो यो पोस्ट पढ्दा ,

    ReplyDelete
  9. हा मन धक्क फुलेर आयो यार्, बीगतका एकएक पल मानस्पटलमा नाचिरहेको छ । तिमीले त मलाई यति भन्यौ कि म त्यति कहिल्यै हुन सक्दिन । हाम्रो पहिलो भेट अनि तिम्रो त्यो अनौठो फेशन ! हाहाहा हाँसो लाग्यो यार । साँच्ची ! समय कती छितो बित्दो रहेछ । सायद तिम्रो माया स्नेहले होला यो यात्रा साह्रै रमाइलो लागिरहेको छ । तिम्रो सकारात्मक बिचार अनि प्रेरणाले मलाई सधै शिखर चुम्न सघारहेको छ । तिम्रो मिठो साथको जनम जन्मान्तर सम्म आशा गरिरहेको छु । मेरो जीवनमा तिम्रो कुन स्थान छ भनेर म शब्दमा बयान गर्न सक्दिन । तिमी जे छौ जस्तो छौ मलाई स्विकार्य छौ र भैरहनेछौ । आजको यो बिशेष दिनमा मेर लागि लेखिएका यी शब्द सधै प्रेरणादायी हुनेछन । Love you forever......:))

    ReplyDelete
  10. हजुर को ब्लग पोस्ट लाइ दिदि को कमेन्ट ले जित्यो :P

    ReplyDelete
  11. How emotional my mama & mami are..,they have got such a nice & awesome life experience together in a whole decade.I,even also feel happier and proud looking at their uncountable love,affection,believe, devout & dedication for each other.Keep it up... mama n my cutie mami,being always together & forever.
    Wishing you a very very happy anniversary.
    =) =) =)

    ReplyDelete
  12. सार्है राम्रो बाबाजी विचार त्यसभन्दा पनि राम्रो अर्धन्गीनिका शब्दहरु सार्है मन छोयो । चित्त बुझ्यो । सुभकामना छ अटूट साथको ।

    ReplyDelete
  13. Love forever :) Happy Anniversary :)

    ReplyDelete