Wednesday, November 11, 2009

लाइफ स्टाइल

आधुनिक बाबाजी मु्स्कान ।
आँखा र ‌‌ओठ दुबै चलायमान भएछन ।
रौद्र मुद्रामा बाबाजी ।

सुर्खेत र सोच्नै पर्नेकुरा

मध्यपश्चिम धार्मिक ऐतिहासिक, साँस्कृतिक र पर्यटकिय दृष्टीले सम्पन्न छ । विविधतामा एकता यहाँको महत्वपूर्ण संस्कार मान्न सकिन्छ । तराई, पहाड र हिमाल तिनै वटा क्षेत्रले छुनु यहाँको अर्को महत्वपूर्ण पक्ष हो । हिमालका भोटे वा तराईका थारु, हिमालका बौद्ध धर्मालम्वी तराई पहाडका हिन्दु, मुस्लिम क्रिश्चियन र शिख यहाँको धार्मिक एकताको नमुना सहिष्णु एवं सभ्य समाजको परिचय हो ।
विगत लामो समय देखी मध्यपश्चिम क्षेत्र राजनीतिको उपेक्षाको शिकार बनेको छ । फलतः यो विविधता सम्पन्नतालाई चिन्नेरहरुमा कमी छ । शिक्षा, स्वास्थ, रोजगारी, खानेपानी लगाएतका विकास निर्माण हुन नसक्नु यसका लागि राज्य उदासिन देखिनु निश्चित पनि राम्रो पक्ष होइन । कर्णाली सर्वाधिक विकट क्षेत्र हो । कर्णाली पिछडीएका, अशिक्षित, रोगी, वेरोजगारी, आभावै आभावमा जिवन चलाउनेहरुको क्षेत्र हो । कर्णाली, सर्वाधिक भु–विकटता/ट्रयाक खोलिएको बाटो बाहेक सडकले राम्ररी फेरा नहालेको क्षेत
रारा, कर्णाली, भेरी, जलस्रोतको अपार धनी जीवन बुटीका कुरा त उल्लेख गर्न बाँकी छ । जुनकुरा अन्यक्षेत्रमा छैन त्यो चिज कर्णालीमा छ । तर दुर्भाग्य यस क्षेत्रको विकासकालागी कसैले चासो दिएको छैन् । बरु यसको स्वरुपमा विगार्नमा प्रयन्न भएका छन् । मध्यपश्चिमको इज्जत साच्चैनै सुर्खेतले बचाई दिनुपर्ने परिस्थिती छ । सुर्खेत मध्यपश्चिमको सदरमुकाम हो । सबैलाई जानकारी छ । सुर्खेतमा ऐतिहासिक तथ पर्यटकिय स्थलहरुपनि छन् । जसलाई सुनेर यो क्षेत्रमा पाइला टेक्नेहरुको संख्यामा पनि कमी छैन् । उपत्यका सानो हुनु, विच केन्द्रको अग्लो ठाँउमा काँक्रेविहार भग्नावशेषश, शिव मन्दिर हुनु । बुलबुले ताल, घण्टाघर अनी प्रवेशद्वारमै देउती बज्यै मन्दिर हुन । मनोरम दृष्यले लोभ्याउने सुर्खेतको गतिलो शक्ती बनेको छ । उपत्यका बाहिरका पर्यटकिय स्थलका प्रसंगलाई कोट्याउनै गाह्रो छ । उपत्यकाका कुरा लेखेरै सकिदैन । यो स्थान धार्मिक पर्यटकिय दृष्यले जती महत्वपूर्ण छ शैक्षिक दृष्टकोणले उत्तिकै महत्वपूर्ण छ । मध्यपश्चिममा शिक्षाको ज्योती फैलाउन ठूलो भुमिका निभाउने स्वामी चेतानन्दको नारायण मन्दिर लाटीकोईलीको बसाईले इतिहास साक्षी बनाएको छ । यो जिल्ला विभिन्न स्थानबाट उच्चशिक्षा हासिल गर्न आउने स्थान बनेको छ । अझ मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना हुने निर्णयले शिक्षाक्षेत्रको केन्द्र मात्र होइन अनुसन्धान केन्द्रपनि बन्दैछ । मैले मध्यपश्चिमलाई जोडेर सुर्खेतका बारेमा केही लेखे । तर दुर्भाग्यको कुरा हामीमा सुर्खेतका लागि वा यो क्षेत्रका लागि केही गर्ने नयाँ सोच छैन् । भए पनि गर्ने जोश जागर छैन् । भनै पर्छ सकारात्मक सोचको आभाव छ । बुलबुले ताल महत्वपूर्ण पर्यटकिय र अनुसन्धान केन्द्र बन्न सक्छ । काँक्रेविहार इतिहासको अभिलेख हो । मानव इतिहासलाई साक्षी राख्ने स्थान हो । देउती बज्यै मात्र होइन यहाका गुम्वा देखि चर्च सम्म धार्मिक बोधको पहिचान हुन् । घण्टघर समयको सूचकमात्र होइन यसको अर्कै महत्वपूर्ण पक्ष हो । यस्ता हाम्रा सम्पतिको संरक्षण र पुननिर्माण हुन सकिरहेको छैन् । काँक्रेविहारको पुननिर्माण हुन नसक्नु समग्र मध्यपश्चिमलाई क्षतिहुन हो । बुलबुले ताललाई उचित व्यवस्थापन गरी संचालन गर्न नसक्नु भएको स्वरुपलाई विर्गानु हो । हामीले जानेर पनि बुझ पचाएका छौ । सुर्खेतको वीरेन्द्रनगर सानो उपत्यका हो । उपत्यकाको जमिन उर्वर छ । उत्पादन राम्रो हुन्छ । आजभोली शहरीकरण बढी रहेको छ । त्योपनि खेत तीर अर्थात उब्जनी क्षेत्र तीर । हरेकदिन उत्पादनशिल जमिनमा घर बन्न थाले भने एकदिन उपत्यकामा घरैघर हुनेछन् । खाद्य वस्तु उत्पादनमा कमी हुनेछ । यतिवेला हाम्रोपुस्ताले सोचेन भने पछिल्लो पुस्ताले हामीलाई सराप्ने छ । मैले यहाँ उठाउन खोजेको कुरा बजार व्यवस्थापन पनि हो । समयमानै बजार व्यवस्थापनको कुनै पहल नगर्ने हो भने त्यो दुखको दिन आउने छ । सबै घर मात्रै हुने हुन् भने खानेकुराको अभावले पगरी बाध्ने छ । हरेक कुराको धनी क्षेत्र हुदाँ हुदै हामीले आफ्नै लागि केही गर्न सकिरहेको छैनौ । युवामा यो कुराको बोध हुन जरुरी छ । स्वच्छ, सफा राख्नु, इतिहास बचाउनु, धार्मिकस्थलको संरक्षण गर्नु आर्थिक दृष्टीले सम्पन्न हुनलाई मात्र होइन मानव जीवनयापन सहिसुष्ण रहनु र पर्यावरणीय रुप सफा रही आफु इकोसिष्टम अनुरुप बाच्नकालागि पनि यस्ता सम्पदाको संरक्षण गर्नुपर्ने वेला भएको छ । सरकारी निकायको मुख ताकेर वस्नु भनेको यस्ता स्थललाई कुरुप बनाउनु र समयलाई बर्वाद बनाउनु हो । अर्काले गरिदेला भन्नु मुर्खता मात्र हो । त्यसैले भ्रमण गर्न बाहिर जानु भन्दा आफ्नै भ्रमण स्थलको उचित मर्मत सम्भार गरि अरुलाई भ्रमण गर्न भित्र्याउनु यो क्षेत्रको विकासका लागि टेवा पुर्याउने माध्यम बन्न सक्छ । समयमै नयाँ पिढीको ध्यान पुगोस । शुसिल शर्मा नमस्ते सुर्खेतबाट साभार ।