Saturday, June 5, 2010

फिफा विश्वकप फूट्बल तालिका र यसको तयारी


आउँदो जेठ २७ गतेदेखि असार २७ गतेसम्म दक्षिण अफ्रिकामा सञ्चालन हुने विश्वकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । आयोजक स्थलहरूलाई दुलहीझैं सिंगार्न आयोजक दक्षिण अफ्रिकाले कुनै कसर बाँकी राखेको छैन । पहिलोपटक दक्षिण अफ्रिकामा आयोजना हुन गइरहेको विश्वकप फुटबललाई ऐतिहासिक बनाउन दक्षिण अफ्रिकाले साम, दाम, दण्ड, भेद चारै नीतिहरूलाई अवलम्बन गरेको छ । रंगभेदका कारणले थुप्रै वर्ष विश्व खेलकुदबाट टाढा रहेको दक्षिण अफ्रिकाले अहिले पाएको सम्पूर्ण अवसरहरूलाई उत्कृष्टतामा बदल्दै आएको छ । विश्वकप क्रिकेटको सफलताका साथ आयोजना गरेपछि दोस्रो ठूलो प्रतियोगिताको आयोजना गर्न गइरहेको दक्षिण अफ्रिकाले यो प्रतियोगितालाई पनि सफलताको मूर्तरूप दिने कोसिसमा लागेको छ । विश्वका उत्कृष्ट ३२ फुटबल टिम र तिनका लाखौँ समर्थकलाई खुसी पार्ने योजनामा लागेको दक्षिण अफ्रिकाले भविष्यमा कत्तिको सफलता हात पार्छ त्यो अहिले प्रतीक्षाको विषय भएको छ ।
३२ राष्ट्रले सहभागिता जनाएको यो विश्वकपमा स्पेन, ब्राजिल, हल्यान्ड, पोर्चुगल, इटाली, जर्मनी, इंग्ल्यान्ड, फ्रान्स, अर्जेन्टिना, ग्रिस, चिली, सरि्वया, अमेरिका, मेक्सिको, उरुग्वे, अस्ट्रेलिया, क्यामरुन, स्वीजरल्यान्ड, नाइजेरिया, पाराग्वे, आइभोरी कोस्ट, अल्जेरिया, स्लोभानिया, घाना, स्लोभाकिया, डेनमार्क होन्डुरस, जापान, दक्षिण कोरिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र उत्तर कोरिया रहेका छन् । विश्व फुटबल महासङ्घ फिफाले हालै प्रकाशित गरेको फुटबलको विश्व वरियताक्रममा विश्वकप खेल्नेे राष्ट्रहरूमा स्पेनलाई शीर्ष स्थान दिएको छ । ब्राजिललाई पछाडि धकेल्दै पहिलो वरियता हासिल गरेको स्पेनपछि सबैभन्दा माथि अर्थात् चौथो स्थानमा पोर्चुगल पुगेको छ । पोर्चुगल जर्मनी, इटाली, इंग्ल्यान्ड र अर्जेन्टिनालाई पछि पार्दै माथि उक्लिएको थियो । त्यस्तै केही समय पहिले गरिएको समूह विभाजनमा इंग्ल्यान्ड र अर्जेन्टिना सबैभन्दा सजिलो समूहमा परेका छन् भने आयोजक राष्ट्र दक्षिण अफ्रिका कडा समूहमा परेको छ । गु्रफ अफ डेथको संज्ञा समूह ‘जी’ले प्ााएको छ । यो विश्वकपमा ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।

समूह ए
फिफाले निकालेको ‘ड्र’अनुसार यो समूह ‘ए’मा आयोजक राष्ट्र दक्षिण अफ्रिका, फ्रान्स, मेक्सिको र उरुग्वे परेका छन् । यो समूहमा फ्रान्सलाई सबैभन्दा बलियो प्रतिद्वन्द्वीको रूपमा हेरिएको छ । फ्रान्सले पहिलो स्थान हासिल गर्ने अनुमान र अड्कल काटिएको यो समूहमा मेक्सिकोलाई दोस्रो, दक्षिण अफ्रिकालाई तेस्रो र उरुग्वेलाई चौथो स्थानमा राखिएको छ । विश्वकपको इतिहास पल्टाउँदा आयोजक राष्ट्र पहिलो चरणबाट बाहिरिएको नपाइए तापनि यसपटक त्यसै भन्न सकिने अवस्था छैन । हेरौँ, आयोजकको इतिहासलाई कायम गर्न दक्षिण अफ्रिकाले कस्तो प्रदर्शन गर्छ ।
समूह बी
यो समूहमा डियागो म्याराडोनाको अर्जेन्टिना, नाइजेरिया, दक्षिण कोरिया र ग्रीस परेका छन् । विश्वकप छनोट चरणबाट झन्डैै बाहिरिसकेको अर्जेन्टिना विश्वकपमा सजिलो समूहमा परेको छ । यो समूहमा अर्जेन्टिनाले पहिलो स्थान हासिल गर्ने देखिएको छ भने बाँकी तीन टिम जोकोही पनि दोस्रो चरणमा पुग्ने सम्भावना रहेको छ । र्सर्वेक्षणअनुसार एसियाली टिम दक्षिण कोरियाको दोस्रो चरणमा पुग्ने सम्भावना देखिए पनि उसले ग्रीसको कडा चुनौती खेप्नुपर्ने देखिएको छ ।
समूह सी
यो समूहमा फुटबलको पावरहाउसको रूपमा परिचित इंग्ल्यान्ड, संयुक्त राज्य अमेरिका, अल्जेरिया र स्लोभानिया परेका छन् । इंग्ल्यान्डका लागि निकै सजिलो मानिएको यो समूहमा अमेरिकालाई दोस्रो नम्बरमा परेको छ । अमेरिकाले केही हदसम्म इंग्ल्यान्डलाई चुनौती दिन सक्ने भए पनि अन्य टिमहरू भने इंग्ल्यान्डका अगाडि मुसो सावित हुने अड्कल काटिएको छ । प्लेअपबाट विश्वकपमा छनोट भएका अल्जेरिया र स्लोभानियाले पनि उत्कृष्ट प्रदर्शन गर्ने देखिएको छ ।
समूह डी
यो समूहमा जर्मनी, घाना, अस्ट्रेलिया र सरि्वया परेका छन् । निकै सन्तुलित देखिएको यो समूहमा जर्मनीलाई सबैभन्दा बलियो टिमको रूपमा आँकिएको छ । अप्रत्यासित नतिजा निकाल्नमा माहिर घाना र गत विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको अस्ट्रेलिया जर्मनीका लागि कडा प्रतिद्वन्द्वी हुनेछन् । दोस्रो चरणमा को पुग्ला अनुमान लगाउन गाह्रो भए पनि जर्मनी र घानालाई प्रबल दाबेदार मानिएको छ । यो समूहमा अस्ट्रेलिया र घानाको खेलले नै कसलाई दोस्रो चरणमा पुर्याउने कुरामा निर्भर गर्नेछ ।
समूहर् इ
यो समूहमा नेदरल्यान्ड, डेनमार्क, क्यामरुन र जापान रहेका छन् । युरोप सशक्त टोली नेदरल्यान्ड र डेनमार्कलाई नै सबैले दोस्रो चरणमा पुग्ने अड्कल काटेका छन् । र पनि क्यामरुनले विगतका विश्वकपमा गरेको प्रदर्शनलाई हेर्दा क्यामरुनलाई पनि कम आँक्न कदापी मिल्दैन । एसियाली मुलुकको प्रतिनिधित्व गरेको अर्को राष्ट्र जापान अन्य टिमका लागि चुनौती बन्ने प्राय: निश्चित छ । जापानको छिटो पासकोे रणनीतिलाई अन्य टिमले बुझेनन् भने त्यो उनीहरूका लागि दर्ुभाग्य बन्नेछ । तर्सथ सन्तुलित समूहको संज्ञा पाएको यो समूहमा नेदरल्यान्डलाई सबैभन्दा बलियो प्रतिद्वन्द्वीको रूपमा आँकिएको छ भने जापानलाई सबैभन्दा कमजोर ।
समूह एफ
यो समूहमा इटाली, स्लोभाकिया, पाराग्वे र न्युजिल्यान्ड परेका छन् । सबैभन्दा बलियो मानिएको इटालीलाई स्लोभाकिया र पाराग्वेले कडा चुनौती दिने अनुमान गरिए पनि अड्कलका आधारमा इटाली नै सर्वश्रेष्ठ टोली बन्ने निष्कर्ष निकालिएको छ । न्युजिल्यान्डका लागि यो विश्वकप सहभागिता र अनुभव बटुल्नका लागि सहायक हुने बताइएको छ । अड्कलका आधारमा इटालीपछि स्लोभाकियालाई दोस्रो नम्बरमा राखिएको छ ।
समूह जी
यो समूहमा ब्राजिल, पोर्चुगल, आइभोरी कोस्ट र उत्तर कोरिया परेका छन् । योे समूहलाई ग्रुप अफ डेथको संज्ञा पनि दिइएको छ । ब्राजिल, पोर्चुगल र आइभोरी कोस्ट तीनै टोलीलाई प्रतियोगिताकै सशक्त मानिएको छ । क्रिस्टियानो रोनाल्डो, डिडियर ड्रोवा र काकाको जादु यो समूहमा देख्न पाइनेछ । आफ्नो खेलको जादु देखाएर कसले आफ्नो टोलीलाई दोस्रो चरणमा पुर्याउन सफल हुन्छ त्यो अहिले भन्न सकिने अवस्था छैन । दुई टोली मात्र दोस्रो चरणमा प्रवेश पाउने भएकाले उत्तर कोरियाका लागि यो विश्वकप सहभागिता मात्रै हुने अड्कल काटिएको छ ।
समूह एच
यो समूहमा स्पेन, स्वीटजरल्यान्ड, चिली र होन्डुरस परेका छन् । स्पेनका लागि निकै सजिलो मानिएको यो समूहमा स्पेनले पहिलो स्थान हासिल गर्ने पक्का भएको छ । चिलीलाई दोस्रो नम्बरमा राखिए पनि उसले स्वीटजरल्यान्डको कडा चुनौतीको सामना गर्नुपर्नेछ । होन्डुरसलाई यो समूहमा सबैभन्दा कमजोर टिममा राखिएको छ ।



विश्वकप फुटबल खेल-तालिका २०१०
प्रारम्भिक चरण
जेठ २८ गते शुक्रबार
दक्षिण अफ्रिका-मेक्सिको (राति ८:४५ बजे)
उरुग्वे-फ्रान्स (राति १:४५ बजे)
जेठ २९ गते शनिबार
दक्षिण कोरिया-ग्रिस (साँझ ६:१५ बजे)
अर्जेन्टिना-नाइजेरिया (राति ८:४५ बजे)
इंग्ल्यान्ड-अमेरिका (राति १:१५ बजे)
जेठ ३० गते आइतबार
अल्जेरिया-स्लोभानिया (साँझ ६:१५ बजे)
सरि्वया-घाना (राति ८:४५ बजे)
जर्मनी-अस्ट्रेलिया (राति १:१५ बजे)
जेठ ३१ गते सोमबार
नेदरल्यान्ड-डेनमार्क (साँझ ६:१५ बजे)
जापान-क्यामरुन (राति ८:४५ बजे)
इटाली-पाराग्वे (राति १:१५ बजे)
असार १ गते मंगलबार
न्युजिल्यान्ड-स्लोभाकिया (साँझ ६:१५ बजे)
आइभोरी कोस्ट-पोर्चुगल (राति ८:४५ बजे)
ब्राजिल-उत्तर कोरिया (राति १:१५ बजे)
असार २ गते बुधबार
होन्डुरस-चिली (साँझ ६:१५ बजे)
स्पेन-स्वीटजरल्यान्ड (राति ८:४५ बजे)
दक्षिण अफ्रिका-उरुग्वे (राति १:१५ बजे)
असार ३ गते बिहीबार
अर्जेन्टिना-दक्षिण कोरिया (साँझ ६:१५ बजे)
ग्रिस-नाइजेरिया (राति ८:४५ बजे)
फ्रान्स-मेक्सिको (राति १:१५ बजे)
असार ४ गते शुक्रबार
जर्मनी-सरि्वया (साँझ ६:१५ बजे)
स्लोभानिया-अमेरिका (राति ८:४५ बजे)
इंग्ल्यान्ड-अल्जेरिया (राति १:१५ बजे)
असार ५ गते शनिबार
नेदरल्यान्ड-जापान (साँझ ६:१५ बजे)
घाना-अस्ट्रेलिया (राति ८:४५ बजे)
क्यामरुन-डेनमार्क (राति १:१५ बजे)
असार ६ गते आइतबार
स्लोभाकिया-पाराग्वे (साँझ ६:१५ बजे)
इटाली-न्युजिल्यान्ड (राति ८:४५ बजे)
ब्राजिल-आइभोरी कोस्ट (राति १:१५ बजे)
असार ७ गते सोमबार
पोर्चुगल-उत्तर कोरिया (साँझ ६:१५ बजे)
चिली-स्वीटजरल्यान्ड (राति ८:४५ बजे)
स्पेन-होन्डुरस -(राति १:१५ बजे)
असार ८ गते मंगलबार
फ्रान्स-दक्षिण अफ्रिका (राति ८:४५ बजे)
मेक्सिको-उरुग्वे (राति ८:४५ बजे)
ग्रिस-अर्जेन्टिना (राति १:१५ बजे)
नाइजेरिया-दक्षिण कोरिया (राति १:१५ बजे)
असार ९ गते बुधबार
स्लोभानिया-इंग्ल्यान्ड (राति ८:४५ बजे)
अमेरिका-अर्जेरिया (राति ८:४५ बजे)
अस्ट्रेलिया-सरि्वया (राति १:१५ बजे)
घाना-जर्मनी (राति १:१५ बजे)
असार १० गते बिहीबार
पाराग्वे-न्युजिल्यान्ड (राति ८:४५ बजे)
स्लोभाकिया-इटाली (राति ८:४५ बजे)
क्यामरुन-नेदरल्यान्ड (राति १:१५ बजे)
डेनमार्क-जापान (राति १:१५ बजे)
असार ११ गते शुक्रबार
उत्तर कोरिया-आइभोरी कोस्ट
(राति ८:४५ बजे)
पोर्चुगल-ब्राजिल (राति ८:४५ बजे)
चिली-स्पेन (राति १:१५ बजे)
स्वीटजरल्यान्ड-होन्डुरस (राति १:१५ बजे)
प्रिक्वाटरफाइनल
असार १२ गते शनिबार
समूह ‘ए’को विजेता-समूह ‘बी’को
उपविजेता -राति ८:४५ बजे)
समूह ‘सी’को विजेता-समूह ‘डी’को उपविजेता
(राति १:१५ बजे)
असार १३ गते आइतबार
समूह ‘डी’को विजेता-समूह ‘सी’को उपविजेता
(राति ८:४५ बजे)
समूह ‘बी’को विजेता-समूह ‘ए’को उपविजेता
(राति १:१५ बजे)
असार १४ गते सोमबार
समूह र्’इ’को विजेता-समूह ‘एफ’को उपविजेता
(राति ८:४५ बजे)
समूह ‘जी’को विजेता-समूह ‘एच’को उपविजेता
(राति १:१५ बजे)
असार १५ गते मंगलबार
समूह ‘एफ’को विजेता-समूह र्’इ’को उपविजेता
(राति १:१५ बजे)
समूह ‘एच’को विजेता-समूह ‘जी’को उपविजेता -राति १:१५ बजे)
क्वाटरफाइनल
असार १८ गते शुक्रबार
प्रिक्वाटरफाइनल ‘ए’को विजेता-प्रिक्वाटरफाइनल ‘सी’को विजेता
(राति १:१५ बजे)
प्रिक्वाटरफाइनल ‘बी’को विजेता-प्रिक्वाटरफाइनल ‘डी’को विजेता
(राति ८:४५ बजे)
असार १९ गते शनिबार
प्रिक्वाटरफाइनल र्’इ’को विजेता-प्रिक्वाटरफाइनल ‘एफ’को विजेता
(राति ८:४५ बजे)
प्रिक्वाटरफाइनल ‘एफ’को विजेता-प्रिक्वाटरफाइनल ‘एच’को विजेता
(राति १:१५ बजे)
सेमिफाइनल
असार २२ गते मंगलबार
क्वाटरफाइनल ‘ए’को विजेता-
क्वाटरफाइनल ‘बी’को विजेता
(राति १:१५ बजे)
असार २३ गते बुधबार
क्वाटरफाइनल ‘सी’को विजेता-
क्वाटरफाइनल ‘डी’को विजेता
(राति १:१५ बजे)
असार २६ गते शनिबार
तेस्रो स्थानका लागि सेमिफाइनलमा
पराजित दुई टिम
फाइनल
असार २७ गते आइतबार
फाइनलका लागि
सेमिफाइनल विजेता दुई टिम

No comments:

Post a Comment