Tuesday, March 5, 2013

'बैद्य बाको बन्द'-कुपण्डोलदेखि पुल्चोकसम्मको १५ मिनेटमा देखिएका केही झलकहरु।

बन्दको रमझममा मन्त्री भेटिएपछि उत्तेजित रुपमा नारा लगाउँदै गरेको समुह कुपण्डोलमा । 

चर्का नारा सुनेर भाग्दै गरेका मन्त्रीको गाडी र सुरक्षाकर्मीको गाडीको लर्को । 

चर्का नारा सुनेर भाग्दै गरेका मन्त्रीको गाडी र सुरक्षाकर्मीको गाडीको लर्को । 

'जति नारा लगाएपनि गर्ने कसैले हैनन !' आन्दोलनकर्मीको रमाइलो नियाल्दै एकजना रिक्सा मजदुर । 

'आज त ढल्किँदै ढल्किँदै जाने हो अफिस पनि ।' सरकारी कर्मचारीहरु कार्यालय जाँदै । 

'एकछिन कुरौँ न, कोही आइहाल्छन कि?' मानिस बोक्ने रिक्सा,यात्रुको प्रतिक्षामा । 

सवारी साधन बिनाको कुपण्डोल हाइटको सडक । 

बन्दको पिडा गीत सुनेर भएपनि भुलाउनै पर्यो नि ! 

आफु त ठिकै हो बच्चाले पो सास्ती पायो त ! 

के कुटनितिक नियोगका गाडीले बन्दमा बत्ती पाल्नैपर्ने रहेछ दिउसै पनि ! 

साँझ नेपाली टिमले कति गोल खाने हो ! दिउसो बिना गोलपोष्ट एक गोल त हान्नुपर्छ !

ब्यापार पो चौपट हुने भो त ! खान क्वै आउँदैनन् । 


यताबाट दुइ उताबाट दुइ गर्दा चारै पुग्ने रहेछ । 

हेलो ! म आउन केहिबेर ढिलो हुन्छ क्या ! बल्ल त हरिहरभवन आइपुगेँ । 

उफ् यो गर्मी । त्यसमाथी बन्द । छाता नओढी भो त अब !

तल हिँड्नेले जति दुख पाउन ! हामी पोष्टरमा बस्नेहरुलाइ बात मतलब ! 



बन्दमा कैलेकाँही हिँड्दा साथीहरुसंग बात मार्न पाइने रहेछ । -बुढीगण्डकी हाइड्रो परियोजनाका अध्यक्ष लक्ष्मी देवकोटा (टोपी लगाएका)


7 comments:

  1. बाबा जी पनि कमाल नै गर्नु हुञ्छ.... यता छाता ओड्नेको कुरा गर्दिने पछाडी cycle चलाउने को कुरा बुझ्देको खोइ ...

    ReplyDelete
  2. Very good reporting and photos shout.

    ReplyDelete
  3. यता बाट दुइ उता बाट नि दुई चार . बाटो चाहिँ चार लेन कै हो रहेछ नि . गजब लाग्यो

    ReplyDelete