Wednesday, January 18, 2012

दिनदिनै बढ्छ यहाँ तेल र ग्याँसको भाउ ।
जनतालाई दिन्छ राज्य महँगीको घाउ ।
बिकास बढ्ने सपना मात्रै, बढ्ने आखिर मुल्य,
रक्षक स्वयं भक्षक हुन खोज्दैछ है दाउ ।
भोका राक्षस आहारा खोज्न आँ आँ गर्दैहिँड्छन,
जति भए नी नपुग्ने, भन्दैनन अरुलाई खाउ ।
धुन तयार भाथ्यो, तर शब्द मात्रै बाँकी,
शब्द भेटेँ महँगीको गाउने भए गाउ ।
भाग्य लेख्ने बिधायक नै भाग्य खोस्न लाग्ने,
मौका पाए गर्दन रेट्छन भन्दैनन है बाउ ।
दिनदिनै बढ्छ यहाँ तेल र ग्याँसको भाउ ।
जनतालाई दिन्छ राज्य महँगीको घाउ ।
२०६८ माघ ३ साँझ

No comments:

Post a Comment