धेरै दिन पछिको यो रात कस्तो कस्तो ।
रातसंगै मदिराको यो मात कस्तो कस्तो ।
ताप घट्दैछ, राप बढ्दैछ, सुन्दरीको चाप बढ्दैछ,
मनै भुलाउने सुरा सुन्दरीको यो मात कस्तो कस्तो ।
दिइ ज्याला, लिइ प्याला, मस्ती मार्ने सवको चाला,
नजर हान्ने ठिटीको यो वात कस्तो कस्तो ।
अहिले यहाँ, पछि त्यहाँ, छिनछिनमै कहाँ कहाँ,
सबैलाइ बाँड्न मिल्ने यो घात कस्तो कस्तो ।
धेरै दिन पछिको यो रात कस्तो कस्तो ।
रातसंगै मदिराको यो मात कस्तो कस्तो ।
२०६८।०८।१०
बबरमहल,काठमाण्डौं ।
No comments:
Post a Comment