Monday, May 7, 2012

गजल : चिन्नुस त को होलान् यी ?


भेज भनी फुर्ति झार्ने खान्छन संधै बफ ।

साँचो बोल्छु भन्छन तिनै लाईरहँदा गफ ।

आकाशका तारा झार्ने सपना नि बाँड्ने,

कति खोक्न सक्याहोला निस्किँदा नि कफ ।

तातौँ तातौँ भन्दै सबलाई हुल्छन भुँग्राभित्रै,

उस्केका ति छालाहरुमा लाउन दिन्नन् बरफ ।

बोल्न पाए पुग्छ तिन्लाई चाँहिदैन टपिक,

एकशब्द बोल्छु भन्दै बोल्छन हरफ हरफ ।

सपना त देखाउँछन सिँगापुर र स्विसको,

पाउरोटी हो भन्दै बाँड्छन उनै सुख्खा पफ ।

भेज भनी फुर्ति झार्ने खान्छन संधै बफ ।

साँचो बोल्छु भन्छन तिनै लाईरहँदा गफ ।

अस्तु !

13 comments:

  1. बाबाजी आफै हुन :डी

    ReplyDelete
  2. को मनुख्य रैछन् यी

    ReplyDelete
    Replies
    1. त्यही पत्ता लगाउनु परो भनेको के ।

      Delete
  3. बाइ त वे यहाँ कमेन्ट गर्दा जमानामा बनाको तर बाहियात blog को लिंक पो देखाउाछ त । खासमा मेरो bog www.bigyasharma.com हो है । चेतना भया

    ReplyDelete
  4. को रैच त यार....पत्तो लाम्न पर्यो

    ReplyDelete
  5. कति ज्ञानी हुन् के यिनी आफ्नै कुरा लेख्नी,
    मेरा आँखा झनै ज्ञानी लेक्या कुरा देख्नी ।। :D :D

    ReplyDelete
    Replies
    1. हाहाहा । बजैका कुरै बेग्लै आफ्नो कुरा नामै नभनी भन्न सक्नी । :D:D

      Delete
  6. बाबाजी चाहिँ होइनन् । मलाई कोहीकोहीमाथिचाहिँ श‌का छ । :P

    ReplyDelete