Saturday, July 31, 2010

गजल

सुवास विनाको फूल शिरमा, लाउँ म कसरी ?
शव्द विनाको गीत नयाँ, गाउँ म कसरी ?

भीडै भीडको यो शहरमा, एक्लो छु म आज,
छैन पहिचान सबको दिलमा, छाउँ म कसरी ?

नाना-छाना-खाना खोज्न, सबै जना आफ्नै तालमा,
भोकाहरुको भिडमा ब्यन्जन, खाउँ म कसरी ?

डुँगा एउटै यात्रु सयौं, तर्नै पर्ने सबलाइ सागर,
पालो मिच्दै एक्लै पारी, जाउँ म कसरी ?

पाप काट्न धाम यहाँ, धाउनेहरु धेरै देखें,
प्रायश्चित गर्न मन्दिर मश्जिद, धाउँ म कसरी ?

सुवास विनाको फूल शिरमा, लाउँ म कसरी ?
शव्द विनाको गीत नयाँ, गाउँ म कसरी ?



२०६७ जेष्ठ २१ गते
बुद्धनगर काठमाण्डौ

गजल : मान्छे


यौटा गल्ती लुकाउन सयौँ गल्ती गर्छ मान्छे,
स्वाभीमानलाई धितो राख्दै कैयौँ चोटी मर्छ मान्छे ।।

हाँसी-हाँसी छुरा रोप्ने बानी उसको परिसक्यो,
स्वार्थ पुरा गराउन हदै तल झर्छ मान्छे ।।

जालझेल त खेल भयो दिनदिनै खेल्नुपर्ने ,
अरु सबलाई भेलमा बगाई आफु एक्लै तर्छ मान्छे ।।

ईमान्दारको आवरणमा बेईमानीको भाषा बोल्ने,
अरुलाई फसाउन बिषको बिउ छर्छ मान्छे ।।

रस जति एक्लै चुसी खोस्टा फ्याँक्छ अरुलाई ,
अवसरको घाँसे मैदान आफुमात्रै चर्छ मान्छे ।।

मिती २०६७ जेठ २१ गते

प्रकाश लामिछाने

Saturday, June 5, 2010

फिफा विश्वकप फूट्बल तालिका र यसको तयारी


आउँदो जेठ २७ गतेदेखि असार २७ गतेसम्म दक्षिण अफ्रिकामा सञ्चालन हुने विश्वकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । आयोजक स्थलहरूलाई दुलहीझैं सिंगार्न आयोजक दक्षिण अफ्रिकाले कुनै कसर बाँकी राखेको छैन । पहिलोपटक दक्षिण अफ्रिकामा आयोजना हुन गइरहेको विश्वकप फुटबललाई ऐतिहासिक बनाउन दक्षिण अफ्रिकाले साम, दाम, दण्ड, भेद चारै नीतिहरूलाई अवलम्बन गरेको छ । रंगभेदका कारणले थुप्रै वर्ष विश्व खेलकुदबाट टाढा रहेको दक्षिण अफ्रिकाले अहिले पाएको सम्पूर्ण अवसरहरूलाई उत्कृष्टतामा बदल्दै आएको छ । विश्वकप क्रिकेटको सफलताका साथ आयोजना गरेपछि दोस्रो ठूलो प्रतियोगिताको आयोजना गर्न गइरहेको दक्षिण अफ्रिकाले यो प्रतियोगितालाई पनि सफलताको मूर्तरूप दिने कोसिसमा लागेको छ । विश्वका उत्कृष्ट ३२ फुटबल टिम र तिनका लाखौँ समर्थकलाई खुसी पार्ने योजनामा लागेको दक्षिण अफ्रिकाले भविष्यमा कत्तिको सफलता हात पार्छ त्यो अहिले प्रतीक्षाको विषय भएको छ ।
३२ राष्ट्रले सहभागिता जनाएको यो विश्वकपमा स्पेन, ब्राजिल, हल्यान्ड, पोर्चुगल, इटाली, जर्मनी, इंग्ल्यान्ड, फ्रान्स, अर्जेन्टिना, ग्रिस, चिली, सरि्वया, अमेरिका, मेक्सिको, उरुग्वे, अस्ट्रेलिया, क्यामरुन, स्वीजरल्यान्ड, नाइजेरिया, पाराग्वे, आइभोरी कोस्ट, अल्जेरिया, स्लोभानिया, घाना, स्लोभाकिया, डेनमार्क होन्डुरस, जापान, दक्षिण कोरिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र उत्तर कोरिया रहेका छन् । विश्व फुटबल महासङ्घ फिफाले हालै प्रकाशित गरेको फुटबलको विश्व वरियताक्रममा विश्वकप खेल्नेे राष्ट्रहरूमा स्पेनलाई शीर्ष स्थान दिएको छ । ब्राजिललाई पछाडि धकेल्दै पहिलो वरियता हासिल गरेको स्पेनपछि सबैभन्दा माथि अर्थात् चौथो स्थानमा पोर्चुगल पुगेको छ । पोर्चुगल जर्मनी, इटाली, इंग्ल्यान्ड र अर्जेन्टिनालाई पछि पार्दै माथि उक्लिएको थियो । त्यस्तै केही समय पहिले गरिएको समूह विभाजनमा इंग्ल्यान्ड र अर्जेन्टिना सबैभन्दा सजिलो समूहमा परेका छन् भने आयोजक राष्ट्र दक्षिण अफ्रिका कडा समूहमा परेको छ । गु्रफ अफ डेथको संज्ञा समूह ‘जी’ले प्ााएको छ । यो विश्वकपमा ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।

समूह ए
फिफाले निकालेको ‘ड्र’अनुसार यो समूह ‘ए’मा आयोजक राष्ट्र दक्षिण अफ्रिका, फ्रान्स, मेक्सिको र उरुग्वे परेका छन् । यो समूहमा फ्रान्सलाई सबैभन्दा बलियो प्रतिद्वन्द्वीको रूपमा हेरिएको छ । फ्रान्सले पहिलो स्थान हासिल गर्ने अनुमान र अड्कल काटिएको यो समूहमा मेक्सिकोलाई दोस्रो, दक्षिण अफ्रिकालाई तेस्रो र उरुग्वेलाई चौथो स्थानमा राखिएको छ । विश्वकपको इतिहास पल्टाउँदा आयोजक राष्ट्र पहिलो चरणबाट बाहिरिएको नपाइए तापनि यसपटक त्यसै भन्न सकिने अवस्था छैन । हेरौँ, आयोजकको इतिहासलाई कायम गर्न दक्षिण अफ्रिकाले कस्तो प्रदर्शन गर्छ ।
समूह बी
यो समूहमा डियागो म्याराडोनाको अर्जेन्टिना, नाइजेरिया, दक्षिण कोरिया र ग्रीस परेका छन् । विश्वकप छनोट चरणबाट झन्डैै बाहिरिसकेको अर्जेन्टिना विश्वकपमा सजिलो समूहमा परेको छ । यो समूहमा अर्जेन्टिनाले पहिलो स्थान हासिल गर्ने देखिएको छ भने बाँकी तीन टिम जोकोही पनि दोस्रो चरणमा पुग्ने सम्भावना रहेको छ । र्सर्वेक्षणअनुसार एसियाली टिम दक्षिण कोरियाको दोस्रो चरणमा पुग्ने सम्भावना देखिए पनि उसले ग्रीसको कडा चुनौती खेप्नुपर्ने देखिएको छ ।
समूह सी
यो समूहमा फुटबलको पावरहाउसको रूपमा परिचित इंग्ल्यान्ड, संयुक्त राज्य अमेरिका, अल्जेरिया र स्लोभानिया परेका छन् । इंग्ल्यान्डका लागि निकै सजिलो मानिएको यो समूहमा अमेरिकालाई दोस्रो नम्बरमा परेको छ । अमेरिकाले केही हदसम्म इंग्ल्यान्डलाई चुनौती दिन सक्ने भए पनि अन्य टिमहरू भने इंग्ल्यान्डका अगाडि मुसो सावित हुने अड्कल काटिएको छ । प्लेअपबाट विश्वकपमा छनोट भएका अल्जेरिया र स्लोभानियाले पनि उत्कृष्ट प्रदर्शन गर्ने देखिएको छ ।
समूह डी
यो समूहमा जर्मनी, घाना, अस्ट्रेलिया र सरि्वया परेका छन् । निकै सन्तुलित देखिएको यो समूहमा जर्मनीलाई सबैभन्दा बलियो टिमको रूपमा आँकिएको छ । अप्रत्यासित नतिजा निकाल्नमा माहिर घाना र गत विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको अस्ट्रेलिया जर्मनीका लागि कडा प्रतिद्वन्द्वी हुनेछन् । दोस्रो चरणमा को पुग्ला अनुमान लगाउन गाह्रो भए पनि जर्मनी र घानालाई प्रबल दाबेदार मानिएको छ । यो समूहमा अस्ट्रेलिया र घानाको खेलले नै कसलाई दोस्रो चरणमा पुर्याउने कुरामा निर्भर गर्नेछ ।
समूहर् इ
यो समूहमा नेदरल्यान्ड, डेनमार्क, क्यामरुन र जापान रहेका छन् । युरोप सशक्त टोली नेदरल्यान्ड र डेनमार्कलाई नै सबैले दोस्रो चरणमा पुग्ने अड्कल काटेका छन् । र पनि क्यामरुनले विगतका विश्वकपमा गरेको प्रदर्शनलाई हेर्दा क्यामरुनलाई पनि कम आँक्न कदापी मिल्दैन । एसियाली मुलुकको प्रतिनिधित्व गरेको अर्को राष्ट्र जापान अन्य टिमका लागि चुनौती बन्ने प्राय: निश्चित छ । जापानको छिटो पासकोे रणनीतिलाई अन्य टिमले बुझेनन् भने त्यो उनीहरूका लागि दर्ुभाग्य बन्नेछ । तर्सथ सन्तुलित समूहको संज्ञा पाएको यो समूहमा नेदरल्यान्डलाई सबैभन्दा बलियो प्रतिद्वन्द्वीको रूपमा आँकिएको छ भने जापानलाई सबैभन्दा कमजोर ।
समूह एफ
यो समूहमा इटाली, स्लोभाकिया, पाराग्वे र न्युजिल्यान्ड परेका छन् । सबैभन्दा बलियो मानिएको इटालीलाई स्लोभाकिया र पाराग्वेले कडा चुनौती दिने अनुमान गरिए पनि अड्कलका आधारमा इटाली नै सर्वश्रेष्ठ टोली बन्ने निष्कर्ष निकालिएको छ । न्युजिल्यान्डका लागि यो विश्वकप सहभागिता र अनुभव बटुल्नका लागि सहायक हुने बताइएको छ । अड्कलका आधारमा इटालीपछि स्लोभाकियालाई दोस्रो नम्बरमा राखिएको छ ।
समूह जी
यो समूहमा ब्राजिल, पोर्चुगल, आइभोरी कोस्ट र उत्तर कोरिया परेका छन् । योे समूहलाई ग्रुप अफ डेथको संज्ञा पनि दिइएको छ । ब्राजिल, पोर्चुगल र आइभोरी कोस्ट तीनै टोलीलाई प्रतियोगिताकै सशक्त मानिएको छ । क्रिस्टियानो रोनाल्डो, डिडियर ड्रोवा र काकाको जादु यो समूहमा देख्न पाइनेछ । आफ्नो खेलको जादु देखाएर कसले आफ्नो टोलीलाई दोस्रो चरणमा पुर्याउन सफल हुन्छ त्यो अहिले भन्न सकिने अवस्था छैन । दुई टोली मात्र दोस्रो चरणमा प्रवेश पाउने भएकाले उत्तर कोरियाका लागि यो विश्वकप सहभागिता मात्रै हुने अड्कल काटिएको छ ।
समूह एच
यो समूहमा स्पेन, स्वीटजरल्यान्ड, चिली र होन्डुरस परेका छन् । स्पेनका लागि निकै सजिलो मानिएको यो समूहमा स्पेनले पहिलो स्थान हासिल गर्ने पक्का भएको छ । चिलीलाई दोस्रो नम्बरमा राखिए पनि उसले स्वीटजरल्यान्डको कडा चुनौतीको सामना गर्नुपर्नेछ । होन्डुरसलाई यो समूहमा सबैभन्दा कमजोर टिममा राखिएको छ ।



विश्वकप फुटबल खेल-तालिका २०१०
प्रारम्भिक चरण
जेठ २८ गते शुक्रबार
दक्षिण अफ्रिका-मेक्सिको (राति ८:४५ बजे)
उरुग्वे-फ्रान्स (राति १:४५ बजे)
जेठ २९ गते शनिबार
दक्षिण कोरिया-ग्रिस (साँझ ६:१५ बजे)
अर्जेन्टिना-नाइजेरिया (राति ८:४५ बजे)
इंग्ल्यान्ड-अमेरिका (राति १:१५ बजे)
जेठ ३० गते आइतबार
अल्जेरिया-स्लोभानिया (साँझ ६:१५ बजे)
सरि्वया-घाना (राति ८:४५ बजे)
जर्मनी-अस्ट्रेलिया (राति १:१५ बजे)
जेठ ३१ गते सोमबार
नेदरल्यान्ड-डेनमार्क (साँझ ६:१५ बजे)
जापान-क्यामरुन (राति ८:४५ बजे)
इटाली-पाराग्वे (राति १:१५ बजे)
असार १ गते मंगलबार
न्युजिल्यान्ड-स्लोभाकिया (साँझ ६:१५ बजे)
आइभोरी कोस्ट-पोर्चुगल (राति ८:४५ बजे)
ब्राजिल-उत्तर कोरिया (राति १:१५ बजे)
असार २ गते बुधबार
होन्डुरस-चिली (साँझ ६:१५ बजे)
स्पेन-स्वीटजरल्यान्ड (राति ८:४५ बजे)
दक्षिण अफ्रिका-उरुग्वे (राति १:१५ बजे)
असार ३ गते बिहीबार
अर्जेन्टिना-दक्षिण कोरिया (साँझ ६:१५ बजे)
ग्रिस-नाइजेरिया (राति ८:४५ बजे)
फ्रान्स-मेक्सिको (राति १:१५ बजे)
असार ४ गते शुक्रबार
जर्मनी-सरि्वया (साँझ ६:१५ बजे)
स्लोभानिया-अमेरिका (राति ८:४५ बजे)
इंग्ल्यान्ड-अल्जेरिया (राति १:१५ बजे)
असार ५ गते शनिबार
नेदरल्यान्ड-जापान (साँझ ६:१५ बजे)
घाना-अस्ट्रेलिया (राति ८:४५ बजे)
क्यामरुन-डेनमार्क (राति १:१५ बजे)
असार ६ गते आइतबार
स्लोभाकिया-पाराग्वे (साँझ ६:१५ बजे)
इटाली-न्युजिल्यान्ड (राति ८:४५ बजे)
ब्राजिल-आइभोरी कोस्ट (राति १:१५ बजे)
असार ७ गते सोमबार
पोर्चुगल-उत्तर कोरिया (साँझ ६:१५ बजे)
चिली-स्वीटजरल्यान्ड (राति ८:४५ बजे)
स्पेन-होन्डुरस -(राति १:१५ बजे)
असार ८ गते मंगलबार
फ्रान्स-दक्षिण अफ्रिका (राति ८:४५ बजे)
मेक्सिको-उरुग्वे (राति ८:४५ बजे)
ग्रिस-अर्जेन्टिना (राति १:१५ बजे)
नाइजेरिया-दक्षिण कोरिया (राति १:१५ बजे)
असार ९ गते बुधबार
स्लोभानिया-इंग्ल्यान्ड (राति ८:४५ बजे)
अमेरिका-अर्जेरिया (राति ८:४५ बजे)
अस्ट्रेलिया-सरि्वया (राति १:१५ बजे)
घाना-जर्मनी (राति १:१५ बजे)
असार १० गते बिहीबार
पाराग्वे-न्युजिल्यान्ड (राति ८:४५ बजे)
स्लोभाकिया-इटाली (राति ८:४५ बजे)
क्यामरुन-नेदरल्यान्ड (राति १:१५ बजे)
डेनमार्क-जापान (राति १:१५ बजे)
असार ११ गते शुक्रबार
उत्तर कोरिया-आइभोरी कोस्ट
(राति ८:४५ बजे)
पोर्चुगल-ब्राजिल (राति ८:४५ बजे)
चिली-स्पेन (राति १:१५ बजे)
स्वीटजरल्यान्ड-होन्डुरस (राति १:१५ बजे)
प्रिक्वाटरफाइनल
असार १२ गते शनिबार
समूह ‘ए’को विजेता-समूह ‘बी’को
उपविजेता -राति ८:४५ बजे)
समूह ‘सी’को विजेता-समूह ‘डी’को उपविजेता
(राति १:१५ बजे)
असार १३ गते आइतबार
समूह ‘डी’को विजेता-समूह ‘सी’को उपविजेता
(राति ८:४५ बजे)
समूह ‘बी’को विजेता-समूह ‘ए’को उपविजेता
(राति १:१५ बजे)
असार १४ गते सोमबार
समूह र्’इ’को विजेता-समूह ‘एफ’को उपविजेता
(राति ८:४५ बजे)
समूह ‘जी’को विजेता-समूह ‘एच’को उपविजेता
(राति १:१५ बजे)
असार १५ गते मंगलबार
समूह ‘एफ’को विजेता-समूह र्’इ’को उपविजेता
(राति १:१५ बजे)
समूह ‘एच’को विजेता-समूह ‘जी’को उपविजेता -राति १:१५ बजे)
क्वाटरफाइनल
असार १८ गते शुक्रबार
प्रिक्वाटरफाइनल ‘ए’को विजेता-प्रिक्वाटरफाइनल ‘सी’को विजेता
(राति १:१५ बजे)
प्रिक्वाटरफाइनल ‘बी’को विजेता-प्रिक्वाटरफाइनल ‘डी’को विजेता
(राति ८:४५ बजे)
असार १९ गते शनिबार
प्रिक्वाटरफाइनल र्’इ’को विजेता-प्रिक्वाटरफाइनल ‘एफ’को विजेता
(राति ८:४५ बजे)
प्रिक्वाटरफाइनल ‘एफ’को विजेता-प्रिक्वाटरफाइनल ‘एच’को विजेता
(राति १:१५ बजे)
सेमिफाइनल
असार २२ गते मंगलबार
क्वाटरफाइनल ‘ए’को विजेता-
क्वाटरफाइनल ‘बी’को विजेता
(राति १:१५ बजे)
असार २३ गते बुधबार
क्वाटरफाइनल ‘सी’को विजेता-
क्वाटरफाइनल ‘डी’को विजेता
(राति १:१५ बजे)
असार २६ गते शनिबार
तेस्रो स्थानका लागि सेमिफाइनलमा
पराजित दुई टिम
फाइनल
असार २७ गते आइतबार
फाइनलका लागि
सेमिफाइनल विजेता दुई टिम

Tuesday, June 1, 2010

गतिरोधको गाँठो र अबको बाटो ।

नयाँ संबिधान जारी हुने निर्धारित मिति जेठ १४ आउन मात्र १ हप्ता बाँकी रहँदा यतिबेला संबिधान निर्माणको मुख्य थलो संबिधानसभाका सबै गतिबिधि ठप्प छन । त्यतिमात्रै होईन सरकार परिवर्तन लगायतका बिबिध माग राख्दै एकिकृत नेकपा माओबादीले थालेको आन्दोलनका कारण सम्पुर्ण मुलुक नै प्रभाबित बन्न पुग्यो जसको ह्याङ्गओभर अँझै बाँकी छ । राजनितिक दलहरुको आपसी खिचातानीका कारण यतिबेला मुलुकका सबै क्षेत्र प्रभाबित बन्न पुगे । त्यसो त निर्धारित कार्यतालिका अनुरुप संबिधान लेखन प्रकृया अघि बढेको भए यतिबेला जनताले पहिलो पटक आफ्नो भाग्यको फैसला आफैगर्न पाउने अधिकारको प्रयोग गर्दै संबिधानको पहिलो मस्यौदाको अनुमोदन गरिसकेका हुन्थे ।


दिनहुँजसो बन्द हड्ताल र चक्काजामको नियतिबाट गुज्रदैँ आईरहेका आम सर्बसाधारणले यस्ता गतिबिधीहरुलाई जसो तसो संक्रमणकालको स्वभावको रुपमा लिँदै आएका थिए तर पछिल्लो पटक भएको आम हड्तालले सबैलाई अघिपछि भन्दा बढी चिन्तीत तुल्यायो । कारण थियो १० बर्षे जनयुद्ध हुँदै १९ दिने आमहड्ताल सफल बनाउन महत्वपुर्ण भुमिका खेलेर शान्ति प्रकृयामा आईपुगेको मुलुककै ठुलो पार्टी ए।नेकपा माओबादी कतै शान्ति प्रकृयाबाटै अलग हुने त हैन भनेर । त्यसो त आमहड्तालको सुरुवाती दिनहरुमा प्रचारबाजी पनि सोही किसिमले गरिए । तर माओबादीको आन्दोलन प्रचार गरिएजस्तो त्यतिबिघ्न हिँसात्मक नभए पनि माओबादीले भनेजस्तो शान्तिपुर्ण पनि हुन सकेन । यद्यपी एकातिर माओबादीले दिन प्रतिदिन आन्दोलनको स्बरुप बदल्ने चेतावनी दिँदै गईरहेको छ तर अर्कोतर्फ सरकारको नेतृत्व कानमा तेल हालेर बसिरहेको छ ।


यतिबेला आम नेपालीको मुखबाट निस्कीरहेको एउटै शब्द हो शान्ति । सबैजना शान्ति शान्ति भनिरहेका छन । तर आम सबैसाधारणले खोजेको त्यो अमुक शान्ति कहाँ छ त सडकमा हिँडिरहेका हुन या खेतबारीमा काम गरिरहेका या प्रबिधिको उपयोग गरि ईन्टरनेट उपभोग गरिरहेका शहरीया युवाहरुले फेसबुक ट्विटर मार्फत होस सबैले शान्ति शान्ति मात्रै जपिरहेका छन । शान्ति कै निम्ती भन्दै माओबादीले १० बर्षे जनयुद्धलाई टुङ्गयाएर मुलधारको राजनितिमा आएको बताउँछ । काँग्रेस एमाले लगायतका अरु राजनितिक पार्टीहरु पनि शान्तिकै रटान रटिरहेका छन । त्यसोभए प्रश्न उठ्छ आखिर हलो कहाँनेर पुगेर अड्किएको छ त त्यसोभए


माघ १९ को निरंकुशता बिरुद्ध जब सबै पक्ष एकजुट भए र त्यसैको बलमा २०६२÷६३ को आन्दोलन सफल भयो । मुलुकले थुप्रै उपलब्धीहरु हाँसिल गर् यो । गणतन्त्र स्थापना भयो मुलुक एकात्मक राज्य ब्यवस्थाबाट संघियतामा जाने निर्णय भयो यद्यपी त्यसको मोडेल बारे निर्णय हुन भने बाँकी नै छ । त्यस्तै मुलुक धर्मनिरपेक्ष भयो र सबैभन्दा महत्वपुर्ण कुरा ईतिहाँसमै पहिलोपल्ट जनता आफैले आफ्नो भाग्य आफैले निर्धारण गर्ने देशको मुल-कानुन संबिधान बनाउने प्रतिनीधिहरुलाई चुने र संबिधानसभामा पठाए । तर सबैको आशा र भरोसा बोकेर संबिधानसभामा गएका राजनितिक पार्टीहरुले नै आफ्नै प्रतिबद्धतालाई तोड्दै सहमतिय संस्कार बिसे्रर बहुमतिय संस्कार पुनःस्थापित गराए । यसको सुरुवात राष्ट्रपतिको चुनावबाट भयो त्यसपछि क्रमश माओबादीको नेतृत्वमा बनेको सरकारमा काँग्रेस प्रतिपक्षमा बस्ने क्रम हुँदै बर्तमानमा माओबादी ईतरका राजनैतिक पर्टीहरुको गठबन्धनसम्म आईपुगेको छ । आम जनताले दिएको म्याण्डेट संबिधान बनाउने कामलाई थाँति राख्दै सत्तालिप्साले राजनितिक पार्टीहरुलाई गाँज्न पुग्यो । यतिबेला राजनितिक पार्टीहरु संबिधानको मर्मलाई कुल्चेर आ-आफ्ना स्वार्थपुर्तिका निम्ति गुप-उपगुटमा बिभाजित भएका छन । दलहरु तमाम उपलब्धीलाई संस्थागत गर्दै जनतालाई मेरो भन्ने अनुभूति दिलाउने संविधान बनाउनुको साटो सेना समायोजन जग्गा फिर्ता बेपत्ता आयोग जस्ता मुद्धाहरुमै अल्मलिएर एक अर्कामा दोषरोपण गर्न उद्यत छन । तथापी यी बिषयहरुपनि शान्ति प्रकृयाका महत्वपुर्ण बिषयहरु हुन । तर यी बिषयहरुलाई कार्यतालिका बनाएर क्रमशः हल गर्दै जानुपर्ने हो ।

यतिबेला राष्ट्र र जनाताले खोजेको शान्ति र सहमति हो । अन्तरिम संबिधानमा पनि सहमतिय प्रणालीमा जोड दिईएको छ । नयाँ संबिधान जारी गर्दापनि संबिधानसभामा सकेसम्म सहमति र यदि त्यो नभए कम्तिमा दुई तिहाई मत आवश्यक हुने प्रावधान राखिएको छ । माओबादीको आन्दोलनमा सहभागी हुन गाउँठाउँबाट आएका धेरै जनताले पनि शान्ति सहमति र नयाँ संबिधान यथासिघ्र जारी हुनुपर्नेमा नै जोड दिए । माओबादीको आन्दोलन संगै यतीखेर सबैमा एकखाले त्रासले डेरा जमाएको छ । डर जाग्नु स्वभाविक पनि हो किनभने माओबादी शान्ति प्रकृया र संबिधानसभाको मुख्य शक्ति हो । सभासदकै संख्या हेर्ने हो भनेपनि उ संबिधानसभाको सबै भन्दा ठुलो दल हो । यदि उसले यो प्रकृयाबाट हात धोएमा आजसम्मका सबै उपलब्धी गुम्न जानेमात्र नभई अँझै भयँकर स्थिति पनि आउन सक्छ । तसर्थ यदि कसैले उसलाई किनारा लगाएर शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर् याउँछु भन्छ भने त्यो दिवास्वप्न मात्र हुन जान्छ ।

अब प्रश्न उठ्नसक्छ त्यसोभए के नेपालको शान्ति प्रकृया धरमराएकै हो त के अब आशा गर्ने सम्भावनाहरु क्षीण हुँदै गएका हुन त त्यसो चाँही अवस्य हैन किन भने शान्ति प्रकृयातर्फ उन्मुख बिश्वका अन्य मुलुकहरुको अबस्था हेर्ने हो भने हामी कहाँ छोटो अबधिमै धेरै उपलब्धीहरु भएका छन । अब ती उपलब्धीहरुलाई संस्थागत गर्ने काम मात्र बाँकी छ । तर त्यसका निम्ति राजनितिक ईमान्दारिताको भने अभाव भएको छ । तसर्थ यो अवस्थामा दलहरुले छाती फराकिलो बनाई उदार बन्नु जरुरी छ । अर्को कुरा यो काम अरु कसैले गरिदिने हैन यीनै दलहरुले गर्नुपर्दछ । किनभने हामी ईतिहाँसको यस्तो कालखण्डमा छौँ कि यी राजनितिक दलहरुको बिकल्प हामीसंग छैन र खोज्ने बेलापनि भएको छैन । यो यस्तो अबस्था हो कि दलीय स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय स्वार्थ तर्फ नजर दौडाउन सक्नुपर्छ । देश रहे न हामीले राजनिति गर्नसक्छौँ देशै नरहे के को राजनिति ।

त्यसैले अँझै केही बिग्रीएको छैन हामी सबै सहमतिको नजिकै छौ जुन दिर्घकालिन शान्तिको निम्ति अपरिहार्य आवस्यकता हो र जसको बिकल्प पनि छैन । साथै संबिधानसभा निर्बाचनका बेला ब्यक्त गरिएका प्रतिबद्धता अनुरुप राजनितिक पार्टीहरुले पाएको म्याण्डेट पनि यही हो । यतिबेला मुलुक माओबादीको आन्दोलनका कारण ठप्प बन्न पुगेपनि राजतितिक दलहरु बिचको संबाद ठप्प भएको छैन तसर्थ आशा गरौँ पक्कै राम्र नतिजा आउनेछन किनकी दही मथेर घीउ निकाल्नको लागि पनि मदानीलाई अली अली मात्र हल्लाएर हुँदैन जोड जोडले घुमाउनै पर्छ । तर यसलाई हार र जीतको प्रतिष्ठासंग जोडेर भने हेर्नु हुँदैन । किनभने मुलुकले खोजेको नयाँ संबिधान स्थायी शान्ति र अग्रगमनका निम्ति सबैदलले आ-आफ्नो हठबाट एक-एक कदम पछाडी सरेर शान्ति प्रकृयाका निम्ति लचकता देखाउँदा कसैको हार हुँदैन त्यो त सबैको जीत हो समग्र नेपाल र नेपालीको ।
प्रकाश लामिछाने/रेडियोकर्मी
यो लेख http://www.namastesurkhet.com/cover_story.php?csid=14 मा पनि पोष्ट भएको थियो ।

Wednesday, November 11, 2009

लाइफ स्टाइल

आधुनिक बाबाजी मु्स्कान ।
आँखा र ‌‌ओठ दुबै चलायमान भएछन ।
रौद्र मुद्रामा बाबाजी ।

सुर्खेत र सोच्नै पर्नेकुरा

मध्यपश्चिम धार्मिक ऐतिहासिक, साँस्कृतिक र पर्यटकिय दृष्टीले सम्पन्न छ । विविधतामा एकता यहाँको महत्वपूर्ण संस्कार मान्न सकिन्छ । तराई, पहाड र हिमाल तिनै वटा क्षेत्रले छुनु यहाँको अर्को महत्वपूर्ण पक्ष हो । हिमालका भोटे वा तराईका थारु, हिमालका बौद्ध धर्मालम्वी तराई पहाडका हिन्दु, मुस्लिम क्रिश्चियन र शिख यहाँको धार्मिक एकताको नमुना सहिष्णु एवं सभ्य समाजको परिचय हो ।
विगत लामो समय देखी मध्यपश्चिम क्षेत्र राजनीतिको उपेक्षाको शिकार बनेको छ । फलतः यो विविधता सम्पन्नतालाई चिन्नेरहरुमा कमी छ । शिक्षा, स्वास्थ, रोजगारी, खानेपानी लगाएतका विकास निर्माण हुन नसक्नु यसका लागि राज्य उदासिन देखिनु निश्चित पनि राम्रो पक्ष होइन । कर्णाली सर्वाधिक विकट क्षेत्र हो । कर्णाली पिछडीएका, अशिक्षित, रोगी, वेरोजगारी, आभावै आभावमा जिवन चलाउनेहरुको क्षेत्र हो । कर्णाली, सर्वाधिक भु–विकटता/ट्रयाक खोलिएको बाटो बाहेक सडकले राम्ररी फेरा नहालेको क्षेत
रारा, कर्णाली, भेरी, जलस्रोतको अपार धनी जीवन बुटीका कुरा त उल्लेख गर्न बाँकी छ । जुनकुरा अन्यक्षेत्रमा छैन त्यो चिज कर्णालीमा छ । तर दुर्भाग्य यस क्षेत्रको विकासकालागी कसैले चासो दिएको छैन् । बरु यसको स्वरुपमा विगार्नमा प्रयन्न भएका छन् । मध्यपश्चिमको इज्जत साच्चैनै सुर्खेतले बचाई दिनुपर्ने परिस्थिती छ । सुर्खेत मध्यपश्चिमको सदरमुकाम हो । सबैलाई जानकारी छ । सुर्खेतमा ऐतिहासिक तथ पर्यटकिय स्थलहरुपनि छन् । जसलाई सुनेर यो क्षेत्रमा पाइला टेक्नेहरुको संख्यामा पनि कमी छैन् । उपत्यका सानो हुनु, विच केन्द्रको अग्लो ठाँउमा काँक्रेविहार भग्नावशेषश, शिव मन्दिर हुनु । बुलबुले ताल, घण्टाघर अनी प्रवेशद्वारमै देउती बज्यै मन्दिर हुन । मनोरम दृष्यले लोभ्याउने सुर्खेतको गतिलो शक्ती बनेको छ । उपत्यका बाहिरका पर्यटकिय स्थलका प्रसंगलाई कोट्याउनै गाह्रो छ । उपत्यकाका कुरा लेखेरै सकिदैन । यो स्थान धार्मिक पर्यटकिय दृष्यले जती महत्वपूर्ण छ शैक्षिक दृष्टकोणले उत्तिकै महत्वपूर्ण छ । मध्यपश्चिममा शिक्षाको ज्योती फैलाउन ठूलो भुमिका निभाउने स्वामी चेतानन्दको नारायण मन्दिर लाटीकोईलीको बसाईले इतिहास साक्षी बनाएको छ । यो जिल्ला विभिन्न स्थानबाट उच्चशिक्षा हासिल गर्न आउने स्थान बनेको छ । अझ मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना हुने निर्णयले शिक्षाक्षेत्रको केन्द्र मात्र होइन अनुसन्धान केन्द्रपनि बन्दैछ । मैले मध्यपश्चिमलाई जोडेर सुर्खेतका बारेमा केही लेखे । तर दुर्भाग्यको कुरा हामीमा सुर्खेतका लागि वा यो क्षेत्रका लागि केही गर्ने नयाँ सोच छैन् । भए पनि गर्ने जोश जागर छैन् । भनै पर्छ सकारात्मक सोचको आभाव छ । बुलबुले ताल महत्वपूर्ण पर्यटकिय र अनुसन्धान केन्द्र बन्न सक्छ । काँक्रेविहार इतिहासको अभिलेख हो । मानव इतिहासलाई साक्षी राख्ने स्थान हो । देउती बज्यै मात्र होइन यहाका गुम्वा देखि चर्च सम्म धार्मिक बोधको पहिचान हुन् । घण्टघर समयको सूचकमात्र होइन यसको अर्कै महत्वपूर्ण पक्ष हो । यस्ता हाम्रा सम्पतिको संरक्षण र पुननिर्माण हुन सकिरहेको छैन् । काँक्रेविहारको पुननिर्माण हुन नसक्नु समग्र मध्यपश्चिमलाई क्षतिहुन हो । बुलबुले ताललाई उचित व्यवस्थापन गरी संचालन गर्न नसक्नु भएको स्वरुपलाई विर्गानु हो । हामीले जानेर पनि बुझ पचाएका छौ । सुर्खेतको वीरेन्द्रनगर सानो उपत्यका हो । उपत्यकाको जमिन उर्वर छ । उत्पादन राम्रो हुन्छ । आजभोली शहरीकरण बढी रहेको छ । त्योपनि खेत तीर अर्थात उब्जनी क्षेत्र तीर । हरेकदिन उत्पादनशिल जमिनमा घर बन्न थाले भने एकदिन उपत्यकामा घरैघर हुनेछन् । खाद्य वस्तु उत्पादनमा कमी हुनेछ । यतिवेला हाम्रोपुस्ताले सोचेन भने पछिल्लो पुस्ताले हामीलाई सराप्ने छ । मैले यहाँ उठाउन खोजेको कुरा बजार व्यवस्थापन पनि हो । समयमानै बजार व्यवस्थापनको कुनै पहल नगर्ने हो भने त्यो दुखको दिन आउने छ । सबै घर मात्रै हुने हुन् भने खानेकुराको अभावले पगरी बाध्ने छ । हरेक कुराको धनी क्षेत्र हुदाँ हुदै हामीले आफ्नै लागि केही गर्न सकिरहेको छैनौ । युवामा यो कुराको बोध हुन जरुरी छ । स्वच्छ, सफा राख्नु, इतिहास बचाउनु, धार्मिकस्थलको संरक्षण गर्नु आर्थिक दृष्टीले सम्पन्न हुनलाई मात्र होइन मानव जीवनयापन सहिसुष्ण रहनु र पर्यावरणीय रुप सफा रही आफु इकोसिष्टम अनुरुप बाच्नकालागि पनि यस्ता सम्पदाको संरक्षण गर्नुपर्ने वेला भएको छ । सरकारी निकायको मुख ताकेर वस्नु भनेको यस्ता स्थललाई कुरुप बनाउनु र समयलाई बर्वाद बनाउनु हो । अर्काले गरिदेला भन्नु मुर्खता मात्र हो । त्यसैले भ्रमण गर्न बाहिर जानु भन्दा आफ्नै भ्रमण स्थलको उचित मर्मत सम्भार गरि अरुलाई भ्रमण गर्न भित्र्याउनु यो क्षेत्रको विकासका लागि टेवा पुर्याउने माध्यम बन्न सक्छ । समयमै नयाँ पिढीको ध्यान पुगोस । शुसिल शर्मा नमस्ते सुर्खेतबाट साभार ।

Tuesday, July 14, 2009

केही तस्बिरहरु

बुलबुलेको धारा कल-कल बगिरहेको पानी.......

म पृष्ठभुमिमा मध्य पश्चिमान्चल बिकास क्षेत्रका आदिबासी जनजाती थारुहरु, काठमाडौंमा सम्पन्न एक प्रतियोगितामा नृत्यका लागि तयारी अवस्थामा

म र पृ्ष्ठभुमिमा-द्धन्द्धकालमा भत्काइएको दैलेख जिल्लाको दुल्लुस्थित दरबार र भगवति मन्दिर


हिउँको पछेउरी ओढेर सेताम्य भएको सिद्दापाइला डाँडा, सुर्खेत

बुल बुलेको ताल............. माछी पर्‍यो जाल ...........सुर्खेतको बुदबुले ताल ।


Wednesday, July 8, 2009

तस्बिरमा केही यादपूर्ण क्षणहरु

काठमाडौंमा सम्पन्न नेपाल स्काउटको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सुर्खेती झ्याउरे नाच

सयौ बर्षदेखि अनवरत रुपमा बल्दै आएको दैलेखस्थित श्रीस्थान मन्दीरको ज्वाला

बीरेन्द्रनगरमा रहेको घण्टाघर


२०६१ साल ताका, सुर्खेतमा रहेको रेडियो भेरी एफएममा समाचार बाचन गर्दै साथमा दीपा कोइराला

Monday, July 6, 2009

राउटेहरुको फोटो ग्यालरी

राउटे एक चिनारी ; फोटो फिचर
राउटे बच्चा आफ्नो कटेरो अगाडी टोलाउदै

राउटे केटाकेटीहरु

कोशी बनाउदै राउटे युवक

बृद्द राउटे आरी बनाउदै

राउटे बिधवा महिलाहरु

संक्षिप्त चिनारी :-
राउटे, सुदूरपश्चिम र मध्यपश्चिम नेपालको बिकट पहाडी जिल्लाहरुमा बसोबास गर्ने फिरन्ते जातिको मानब समुदाय हो । संकटपूर्ण अबस्थाबाट जीबन यापन गरिरहेको यो जातिका मानिसहरु हाल आएर निकै कठिन अवस्थामा जीबन बिताउँदै छन । यिनै राउटेको केहि फोटोहरु तपाइहरुको लागी काम लागोस भनेर यो ब्लगमा राख्ने कोसिस गरिएको छ ।

Wednesday, June 24, 2009

कांक्रेबिहार

नेपाल मध्य-पश्चिमान्चलको केन्द्र बिन्दु भेरी अन्चल सुर्खेत जिल्लाको सदरमुकाम तत्कालिन बाईसे चौबिसे राज्यको अवस्थामा दुल्लु राज्य अन्तरगत थियो पछि सुर्खेत उपत्यकाको लाटीकोईली गा.बि.स अन्तरगत पुर्व पश्चिम लम्पसार परेको जंङ्गल भित्र रहेको भग्नावशेष शिखर शैलीको भग्नावशेष सम्भवतः नेपालको सबै भन्दा ठूलो बौद्ध बिहारको भग्नावशेष हो । यस्मा कुनै दुइमत छैन । सुर्खेत जिल्लाको मात्रै नभएर नेपालकै ऐतिहांसिक पुरातात्विक सम्पदा मान्नुमा कुनै अत्युक्ति नहोला । शिखर शैली भएकै कारणले यो हिन्दु मन्दिर हो भन्ने विवादले गर्दा यस्को पुनरनिर्माण हुन अवरोध भैरहेकोछ । यो कसरी हिन्दु मन्दिर हुन सक्छ त भन्दा केहि हिन्दु मानसिकता बोकेका पुरातत्वविदहरुले आफ्नो तर्क राखेका हुन् । भग्नावशेषमा केहि देवीका मूर्ति हुनु, शिखर शैलीको मन्दिर हुनु, हिन्दु मन्दिर नै हुनुपर्छ त्यसो भए गौतम बुद्धको आमा महामाया गौतमीलाई मायांदेवी भनेर चर्चा चलाएर मायादेवी मन्दिर भनेकोले त्यो हिन्दु मन्दिर भयो -भग्नावशेषमा केहि बांदर, सिंह, हात्तिको मूर्ति भेट्टनिुले हिन्दु मन्दिर हुनु पर्ने यदि हिन्दु मन्दिर भएकोभए किन भग्नावशेष अवस्था भयो त कस्ले भत्कायो कस्ले काट्यो? यथार्थता यस्तो हो थुप्रै त्यस्ता बौद्ध बिहारहरु शिखर शैलीका छन् भारतमा भएको बौद्ध तिर्थस्थल बोधगयामा भएको गन्धकुटी मन्दिर शिखर शैलीको छ । मन्दिर भनिए तापनि ति बौद्ध मन्दिर हुन । अर्को कुरा बौद्ध ग्रन्थमा सिंहलाई बुद्धको प्रतिकको रुपमा पनि मानिन्छ र हात्ति पनि महामायां गर्भ प्रवेषमा सेतो हात्तीको चर्चा छ भने धेरै ठाउंमा हात्तिले जङ्गलमा ध्यानको अवस्थामा संरक्षण र फलफूलको व्यवस्था गरेको पाईन्छ भने बांदरहरुले बुद्धलाई मौरीको मह भोजनको रुपमा समर्पण गरेका हुन् भन्ने बौद्ध ग्रन्थमा उल्लेख गरेको पाईन्छ । बांदर देखिएकोलाई हनुमान भन्ने मानसिकताले गर्दा कतिपय विव्दान अबुझहरुले यसो भन्ने गरेको पाईन्छ । शिखरशैली भएका बौद्ध मन्दिरहरु हिन्दु मन्दिर भन्नु कस्तो मनस्थिति होला आफै बिचार गरौ वास्तवमा कर्णाली क्षेत्र भनेकै बौद्ध क्षेत्र हो यस क्षेत्रमा थुप्रै बौद्ध राजाहरुले राज्य गरेको इतिहांसले प्रमाणित गरेकोछ । यसै क्षेत्रका एक हिन्दु विव्दान मानिने योगी नरहरिनाथले पनि कनकपत्र, शिलापत्र, सन्धीपत्र, वंशावली, लोक संस्कृति, भाषाको बिषयमा उल्लेख गरिएको पाईन्छ । भाषा संस्कृतिको आदि श्रोत कर्णाली प्रदेश हो भन्ने निर्विवाद छ । खस जातीहरु कर्णाली प्रदेशको सर्वाधिक पुरानो जाती मानिन्छ । त्यसैले पनि नेपाली भाषालाई खस भाषा भन्ने पनि चलन रहेकोछ । उनिहरुले त्यस जातिलाई अवैदिक आर्य भनेर बणन गरेको पाईन्छ । शासन सत्ताको हिसाबले कर्णाली प्रदेशका सबैभन्दा पुरानो राजा नागराज मानिएको छ । उनले स्थापना गरेको राज्यमा चाप, चपिल्ल, चल्ल, मल्ल र बर्माहरुले राज्य गरेका थिए भनिएकोछ । दैलेख दुल्लुको किर्ति स्तम्भले पनि तिव्बतको खारी प्रदेशबाट आएको बताएकोछ । त्यस अभिलेखको आधारमा गढवाल बाराहाटको एउटा मूर्तिमा तिव्बती भाषामा र लिपिमा भट्टारक नागराज मुनिको कृति भनिएको छ र बौद्ध धर्मावलम्बी भएका र अभिलेखमा पनि बुद्धमूर्ति अंकित गरिएकोले उनि पक्कै बौद्ध धर्मावलम्बी भएको प्रष्ट हुन्छ । कर्णाली प्रदेश ठूलो क्षेत्रमा फैलिएको थियो । राज्य फैलिए जस्तै त्यति बखत निर्माण गरिएका बौद्ध स्मारकहरु पनि यत्र तत्र देखिन्छन् । अछामको कूची बिहार स्तूप, दैलेख बिनायकको पन्चदेवल, मान्म कालिकोटको पन्चदेवल, दुल्लु पाथरनाउली माथिको पन्च देवल, दैलेख पादुका स्थानमा रहेको बुद्धमूर्ति अंकित अभिलेख, सिंजा लामाथाडामा प्राप्त बुद्धमूर्ति अंकित माटा चक्कीहरु ले पनि प्रमाणित गरेकोछ ।
खस साम्राज्यकोर् इतिहांस राज्य व्यवस्था पृष्ठ ९० मा राजा बोधिसत्ववतारका रुपमा भनेर यसरी उल्लेख गरेकोछः खारी प्रदेशमा तिव्बती बौद्ध विव्दानहरुको सम्पर्कमा आएपछि खस राजाहरुले् बौद्ध धर्म अपनाएका थिए । बौद्ध परम्परामा राजालाई बोधिसत्वको अवतार मानिन्छ । राजा क्राचल्ल, अशोकचल्ल, पुण्यमल्ल, पृथ्वीमल्ल आदिले आफूलाई सोझै "अभिनवबोधिसत्वावतार" भनेर लेखाएकाछन् । अभिसमयालंकार नाम बौद्धग्रन्थको पुष्पिकावाक्यमा रिपुमल्ललाई राजराजेश्वर लोकेश्वर भनिएकोछ । यस प्रकार खस राजाहरुलाई हिन्दू तथा बौद्ध मान्यताअनुरुप आ-आफ्नै ढङ्गले बिशेषण दिएर उनिहरुको महत्ता दर्शाईएकोछ ।
सुर्खेत उपत्यका पनि र्बौद्ध धर्म क्षेत्रको रुपमा महत्वपुर्ण स्थल थियो भनेर अनुमान गर्न सकिन्छ । सुर्खेतबाट बि.सं १३७० सारेर लगिएको "अभिसमयालङ्कार" हस्त लिखित बौद्धग्रन्थ तिव्बतको स्पोनकाङ्ग गुम्बामा पाईएकोछ । यो कसरी त्यहां पुग्यो सुर्खेतमा प्राप्त वि.सं १३४९ को शिलालेखबाट आसा साहु र रुद्रादेवीले त्यहां एक देवल बनाएको बुझिएकोछ र सुर्खेतमा प्राप्त बुद्ध, मैत्रेय, लोकेश्वर, ताराका मूर्तिहरु कला र शिपको उच्च नमुना मानिन्छ । त्यहां भएका ढुङ्गाका सुन्दर मूर्तिहरु हेरेर नै मन न लोभिने बिरलै भेट्टएिला । यो क्षेत्र बौद्ध क्षेत्र मान्निछ भने यहि बाटो भएर गुरु पद्मसम्भव आफ्ना चेलाहरुको साथमा तिव्बत प्रस्थान गरेका थिए जस्ले सम्झना स्वरुप बिभिन्न स्थानमा स्तम्भहरु निर्माण गर्दै गए भन्ने अनुमान पनि गर्नसकिन्छ । यसबाट कांक्रेबिहारको निर्माण ७०० बर्षअघि भएको अनुमान गर्न सकिन्छ ।कांक्रेबिहार भग्नावशेषमा भएको बिशाल भग्नावशेष । यो चारसय फिटको परिधिमा फैलिएको २०फिटजति अग्लो थियो भनिन्छ ।
कांक्रेबिहार परिसरमा एउटा नलंकर बिहार थियो त्यसैको नामबाट कांक्रेबिहार नाम भएको हो भनेर पातालगङ्गाका पुराना बृद्ध थारुहरुले भन्दछन् । धेरै बर्षपहिला यहां हात्तिकिल्ला पनि थियो र हामीले हात्ती लिदि पनि देखेका हौं भन्दछन् । त्यस स्थानमा खपडाका केहि अंशहरु अहिले पनि भेटिन्छन् । यस बिहारलाई अध्ययन गर्दा सुर्खेत उपत्यकामा उच्चकोटीको सभ्यताको विकसित भएको थियो र कांक्रेबिहार बौद्ध धर्मको प्रसिद्ध केन्द्र मानिन्थ्यो भन्ने प्रष्ट हुन्छ । भनेर खस साम्राज्यकोर् इतिहांसमा उल्लेख गरेकोछ । सोहि पुस्तकमा भनिएको लामाका चार स्थानहरु पुण्य मल्लको वि.सं. १३९४को दान पात्रमा "चत्वारि लवंपादानं स्थानानि"-लामाका चार स्थान लाई पनि राक्षी राखखिएको छ-.असं.२७) लामाका चार स्थान कुन-कुन थिए प्रष्ट छैन । तिनिहरु लुम्बिनी, कपिलवस्तु, सारनाथ, बोधगया हुन सक्छन अथवा लुम्बिनी, कांक्रेबिहार, खोजरनाथ र शाक्य बिहारलाई लिईएको पनि संभवछ । राजा रिपु मल्लले लुम्बिनी र कपिलवस्तुको तीर्थ यात्रा गरेकाथिए ......आदित्य मल्लले बाल्यकालमा यही शाक्य बिहारमा गई बौद्ध शिक्षा ग्रहण गरेका थिए ।" भनेर उल्लेख गरेको छ । यस सम्बन्धमा प्राध्यापक अधिकारीज्यूले बोद्ध दर्शन पनि अध्ययन गर्नु भएको भए यस्तो कुरा उल्लेख हुने थिएन किनकि चार स्थान लामा अथवा बौद्धहरुको तीर्थ स्थल चार छन ति कुन भने लुम्बिनी मेरो जन्मस्थल, बोधगया ज्ञान लाभ, सारनाथ धर्मचक्र प्रवर्तन स्थल र कुशिनगर निर्वाण प्राप्त स्थान हुन भनेर ललितबिस्तरमा भगवान बुद्ध स्वयम्ले भन्नु भएको उल्लेख गरेकोछ । यस्मा बौद्ध दर्शन अध्ययन गर्नेहरुले अन्यौलमा पर्नुपर्दैन । र सहायक तीर्थ स्थलका रुपमा बौद्धहरुले कपिलवस्तु आफ्नो घर, देवदह-मावल, भारतको श्रावस्ति जहां भगवान बुद्धले उपदेश दिने क्रममा र्सबाधिक बर्षास गरेको स्थान हो । बिहार शव्दलाई बिश्लेषण र अध्ययनको जानकारी हुन पनि आवश्यक छ केहो त बिहार भनेको - पौणाणिक समयमा देवताहरु घुमफिर गरेकोलाई पनि बिहार गरेको भनिएको पाईन्छ ।
बौद्ध ग्रन्थमा बुद्धले बिहार गर्नुभएको अवस्था भनिएको पाईन्छ अर्थात बुद्ध आएर बस्नु भएको अवस्थामा भनिन्छ भने भारत श्रावस्तीका अनाथ पिण्डकले जेतवन बिहार भिक्षुहरुलाई आरामपुर्वक बस्ने स्थानको रुपमा दान दिएको भनिएकोछ अर्थात भिक्षुहरु बस्ने स्थान जहां बुद्धको आराधना ध्यान पनि गरिन्छ । अतः सुर्खेतको कांक्रेबिहारमा त्यतिबखत कुनै बौद्ध राजाले बोधिसत्वको रुपमा आएको अवस्था र केहि बौद्ध भिक्षुहरु बसेको कारणले बिहार भनिएको हुनुपर्छ । कांक्रेबिहारको सन्दर्भ खस साम्राज्यकोर् इतिहांसमा पृष्ठ १४६को ४ मा यसरी उल्लेख गरिएकोछ "मन्दिरको मूर्तिकला र वास्तुशिल्पलाई दृष्टिगत गर्दा मध्यकालिन प्रस्तर कृतिहरुमा यस भेकमा अतुलनीय देखिएकोछ । स्व. योगी नरहरिनाथले त्यस्को तुलनामा पाटनको कृष्ण मन्दिरले व्दादशंस होला, कला दृष्टिले शतांश पनि छ कि छैन । यो बिहार त्यो बेला मूलकाजी भीमसेन थापाका ध्रुव -धरहरा) भन्दा अग्लो हुंदो हो । टुटेफुटेका लूप्तशेष इनै ढुङ्गा जोरेपनि शय हात अग्लो हुनेछ" भनी २०१२-१३सालतिर टिप्पणी गरेका थिए ।
कांक्रेबिहार भग्नावशेष केहि महत्वपुर्ण कलात्मक मूर्तिहरु संरक्षणको लागि क्षेत्रीय संग्राहालयमा राखिएकोछ भने हाल कांक्रेबिहार भग्नावशेष स्थलमा पनि टहरा बनाएर घाम पानीले सुरक्षित गर्ने व्यवस्था गरेकोछ । जस्मा मायादेवी र सानो भग्नमूर्ति नवजात शिशु सिर्द्धार्थको मानिएको लुम्बिनी वनमा बुद्ध जन्मेको घटना संग सम्बन्ध देखिएकोले पनि यो भग्नावशेष बौद्ध बिहार नै हो भनेर ठोकुवा गर्न सकिन्छ । कांक्रेबिहारमा भएका बिशाल ढुङ्गाहरु कहांको हो त भनेर खोज गर्दा सुर्खेतको चारकुनेको भन्ने अनुमान अलि नमिलेको देखिन्छ किनकि चारकुनेको ढुङ्गा अलि कमजोर देखिन्छ यद्यपि हाल पुनर्निर्माण गर्न चारकुनेको ढुङ्गालाई प्रयोग गरिएकोछ । मैले (लेखक) गरेको अनुमान सुन्दर ढुंङ्गाका कलात्मक मुर्तिहरु भारतमा कलाकारहरु द्वारा कुंदेर हात्तीबाट ल्याईएको अनुमान मिल्न गएको देखिन्छ । जंगलमा भएको ढुङ्गा सोही स्थलको हुनुपर्छ । यस प्रकार अनुमान गर्नुको कारण त्यस जङ्गलमा ढुङ्गामा मुर्ति कुदने कलाकारहरु धेरै समय सम्म बस्ने व्यवस्था हुन नसक्ने भएकोले भारत बाटै कुंदेर ल्याएको हुन सक्छ । पातालगङ्गा तिर हात्तिको लिदि देखिनु हात्ति किल्ला हुनुले बिशाल ढुङ्गाहरु हात्तीमा लादेर नदीको बाटो हुंदै कांक्रेबिहार निर्माणको लागि ल्याएको हुनु पर्छ भन्ने अनुमान गलत हो भन्न नमिल्ने देखिन्छ । यि बिहार कसरी भग्नावशेषमा परिणत भए त भनिन्छ ९० सालको महा भूकम्पमा भत्कीएको भन्ने अनुमान गरेको पनि पाईन्छ त्यो अनुमानलाई पनि मान्न नसकिने अवस्था कसरी देखिन्छ भने ८५ बर्षनाघेका लाटीकाईली पातालगङ्गाका बृद्ध थारुले आफ्नो बुवाको पालामा पनि यस्तै अवस्थाको थियो भन्दछन् ।



मूर्तिहरुको अवस्था हेर्दा धारीलो हतियार प्रयोग गरेर काटेको जस्तो देखिन्छ भने केहि मूर्तिहरुलाई घनले फोडेको जस्तो पनि देखिन्छ । यस्ले के अनुमान गर्न सकिन्छ कि हिन्दु धर्मका रक्षक मानिने जगतगुरु शंकराचार्यले धार्मिक यात्रा अभियान गर्दा उत्तराखण्डको यात्रा गरेका थिए । यसै सर्न्दर्भमा भारतबाट बौद्ध बिहारहरु भत्काउंदै र बौद्ध भिक्षुहरुको संहार गर्दै हिंड्दा सुर्खेतको बाटो हुंदै कर्णाली प्रदेश बाटो भएर तिव्बत प्रस्थान गर्दा यहां भएको कांक्रेबिहार बिहार नष्ट गरेको अनुमान गरिन्छ । किनकि उन्ले यस यात्रा अभियानमा बौद्ध धर्मको प्रभाव भएको स्थान कुमाउ गढवाल भेकलाई बौद्धमार्गीहरुलाई पराजित गर्दै नेपाल उपत्यकामा प्रवेष गरेका थिए भनेर खस साम्राज्यकोर् इतिहांसमा धार्मिक अवस्थामा उल्लेख गरेकोछ । यहां विद्वान लेखकले लेखनमा सत्यतथ्य लुकाएको स्थिति देखिन्छ । यद्यपि उहां अहिले यस संसारमा हुनुहन्न  । किनिकि उहां स्वयम एउटा हिन्दु ब्राम्हण भएकोले लेखेको पक्कै हुनुपर्छ । अधिकांश ब्राम्हण लेखकहरुले या त बौद्ध धर्ममा बिकृति आउने गरि लेखेकोछ या सत्य तथ्य लुकाएको अवस्था देखिन्छ । शंकराचार्यले बोद्ध भिक्षु भिक्षुणीलाई जबरजस्ती विवाह गर्राई गृहस्थी बनाईयो भनेर पनि उल्लेख गरेकोछ । उन्को अर्को आतंकारी कार्य ८४ हजार बौद्धग्रन्थ जलाउन लगाएको कुरा नेपालको भाषा वंशावलीमा उल्लेख गरेकोछ भनिएकोछ । वास्तवमा यहांनिर निष्पक्ष भएर सोंच्नुपर्ने कुरा के छ भने बौद्ध भिक्षुहरुलाई शस्त्रअस्त्र देखाएर डर त्रास देखाई बलपुर्वक बौद्ध धर्म त्याग्न लगाएको थियो । यसको अर्थ हिन्दु धर्मको व्यापकताले हिन्दु धर्मको प्रायः लोपहुने अवस्थालाई बचाएका थिए । शंकराचार्यको आगमन पहिले हिन्दु चारधाम मध्य बद्नीनाथ र केदारनाथमा बौद्धमार्गी पुजारी थिए र तिनको सट्टा आफु संगै आएका दक्षिण भारतीय ब्रम्हणहरुलाई बदरीनाथका नारायण र केदारनाथका शिवका पुजारी बनाए भन्नेको तार्त्पर्य त्यो स्थान बौद्ध मन्दिरलाई हिन्दु मन्दिर बनाएको हुनुपर्छ । त्यसै गरेर जुम्लाको चन्दनाथ मन्दिरलाई पनि बौद्ध बिहारबाट हिन्दु मन्दिरमा परिवर्तन गरिएको थियो । त्यसैले पनि कांक्रेबिहारलाई शंकराचार्यले नष्ट गरेको भन्ने अनुमानलाई गलत भन्न मिल्दैन ।बाईसे राज्यको समयमा कर्णाली प्रदेशमा खस राज्य थियो भन्ने इतिहांस साक्षी छ । अधिकांश बाईसे राज्यका साझा पुर्खा यशोवर्मा, मलय वर्माहरुले बौर्द्धधर्मलाई मानेको वा उच्च सम्मान गरेको अवस्था पाईन्छ । एउटा अभिलेखमा यशोवर्मालाई "बुद्धकुलावतार" भनेको पाईन्छ मलयवर्माले खोजरनाथमा १८गुम्बाको बौद्ध बिहार बनाउन लगाएको बताए अनुसार निजले सुर्खेतमा पनि नबनाएको भन्न सकिन्न । मलयवर्माको कालिकोट रैकासांघु अभिलेखमा बौद्धमन्त्र "ॐ मणि पद्मे हूं" अंकित गरिएकोछ । तथापी खस साम्राज्यको बिघटनपछि बौर्द्धधर्मले मुस्ताङ्ग बाहेक अरु कुनैपनि राज्यमा राजकीय मर्यादा मात्रै नभएर संरक्षण सम्म पनि पाउन सकको देखिंदैन । खस राज्यको समाप्ती संगै बौद्ध धर्म माथि सांस्कृतिक आक्रमण गरेर हिन्दु मन्दिर बौद्ध धर्मावलम्बिहरुलाई जन्यौ धारण गर्न लगाएर हिन्दुमा परिवर्तन गरेको अनुमान गर्न सकिन्छ । किनकि यस क्षेत्रमा भएका थुप्रै चैत्यहरु देवलहरुलाई हिन्दुवादीहरुले पांचपाण्डवले निर्माण गरेको भन्ने गरेको पाईएकोले के त यसै क्षेत्रबाट पांच पाण्डवले कुरुक्षेत्रबाट कौरबहरुको आक्रमण वा सताएबाट भागेर आएका हुन त जुम्लाको मिचागाउंका बौद्ध स्तुपहरु जुम्ला राज्यको समयमा निर्मित भएका हुन तिनिहरु मध्य एउटाको निर्माण वि.सं १५३९ मा हमिरु रावल र शिलमाला देवीले गराएको थियो अर्को बि.सं.१५५८मा हितु रावलले बनाउन लगाएका थिए भनेर प्रा.डा. सुर्यमणि अधिकारीको बाईसे राज्यकोर् इतिहांस मूर्तिहरुको अवस्था शिर्षको बौद्ध धर्मको अवस्था पृष्ठ ३१३मा उल्लेख गरेअनुसार कांक्रेबिहारको निर्माण ५०० बर्षअघिको हुनुपर्छ भन्ने अनुमान गरिएकोछ ।

यस क्षेत्रको ऐतिहांसिक शिलालेखहरु, ताम्रपत्रहरु बिदेशीएको अवस्थालाई बिचारगर्दा यस क्षेत्रकार् इतिहांसविद अन्वेषक योगी नरहरिनाथको कैफियत छैन भन्न मिल्ने अवस्था देखिंदैन । यस क्षेत्रको दुल्लु पाथरनाउलीको देववर्माको शाके १२७६ शिलालेख अभिलेख,अछामको जयगढस्थित यशोवर्माको शिलालेखहरुमा,दुल्लु दुल्लभेश्वरको शाक्य १२७७ को जयसिंहको शिलाललेख,अछाम घोडासैन स्थित तारादेवीको शिलालेखमा "ॐ मणी पद्मे हू" दुल्लु पादुका स्थानमा बुद्ध मूर्ति अंकित धर्म स्तम्भको शिरोभागमा अशोक चल्लका पालामा सउना कार्कीको स्तम्भ लेख मा "ॐ नमोवुद्धयेः । स्री ...उल्लेख गरेकालाई अध्ययन गर्दा केवल उच्च सम्मान गरेको नभै त्यस बखत बौद्ध धर्मावलम्बि राजा भएकैले पनि ति सबै बेपत्ता पारिएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । त्रिभूवन विश्व विद्यालय एशियाली अनुसन्धान केन्द्रका तर्फबाट एउटा अनुसन्धान टोली टी. हार्वड र प्रा.डा.टेकबहादुर श्रेष्ठको टोलीले २०६४ र २०६५ सालको कार्त्तिक महिनामा कांक्रेबिहारको अनुसन्धान गरेर गएकाछन् ।
अन्तमा कांक्रेबिहार बौद्ध भग्नावशेष सुर्खेत उपत्यकाको ऐतिहांसिक सम्पदा मात्रै नभएर देशकै सम्पदा हो भनेमा अत्युक्ति नहोला । यस्को सरंक्षण सम्बर्धन र पुनरनिर्माण गरे पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके नयां नेपाल बनाउन थप योगदान हुने विश्वास गरिएकोछ ।
Written By: जीवनकुमार शाक्य