Wednesday, July 3, 2013

त्रुटी गम्भीर या सामान्य !

यतिबेला रेडियोहरुमा अत्याधिक बजिरहेको एउटा सुचनामा १६ बर्षभन्दा माथिकाले मतदाता नामावलीमा नाम लेखाउन पाउँछन् भनिएको सन्देश छ तर नेपालको मतदाता नामावली सम्बन्धी ऐन २०६३ को दफा ५ को उपदफा १ को खण्ड ख बमोजिम अर्को संविधान सभाको निर्वाचनमा मतदान गर्नका लागि २०७० असार मसान्त भित्रमा १८ बर्ष पुगेको हुनुपर्ने निर्वाचन आयोगको सन्देशमा उल्लेख छ । यसरी भ्रमपुर्ण सन्देश सम्प्रेषण गरिनुलाइ के भन्ने? गम्भीर त्रुटी या सामान्य भूल ! छुट्याउने काम कस्को? निर्वाचन आयोग, सरकार या हामी नागरिकको?
 (प्रमाणका लागि उक्त अडियो PSA को लिँक र आयोगको सुचनाको स्न्यापसट दुबै यहाँ राखिएको छ ।)

Monday, March 11, 2013

हाइकिङका केही रमाइला क्षणहरु......

सामाजिक संजालहरु धेरै नै रमाउने र समयानुकुल बिभिन्न अभियानहरु समेत गर्न रुचाउने हाम्रो समुह बिगत केही साता स्वास्थ्यप्रति समेत अत्याधिक संवेदनशिल हुँदै हाइकिङ ('उच्चराजा' भन्न मिल्च!)मा रमाउने जमर्कोमा छ । हुन त यस समुहका केही अग्रजहरु (@kakabaa लगायत) यस अघिपनि बिभिन्न समुहको आयोजनामा हुने हाइकिङमा सहभागी भैरहेकै हुन । हाम्रो यो दोश्रो हाइकिङ गत शनिवार अर्थात फागुन २६, २०६९ का दिन  थानकोट गोदाम हुँदै चन्द्रागिरी चुचुरो र देउराली हुँदै मातातिर्थमा आएर बिसर्जन भएको थियो । यही हाइकिङका क्रममा देखिएका केही तस्विरहरुलाइ फुर्सदमा हेर्दा अनुपयुक्त नहुने ठहर गर्दै यहाँ पोष्टिएको छु । यो बिशुद्द मनोरञ्जनका लागि हो । कथंकदाचित कसैलाइ आफ्नो तस्विर यहाँ राखिएकोमा आपत्ति भए हस्तलिखित दाबी बिरोधको पत्र सहित उसपस्थित भएर सातचोटी आग्रह गरेमा यहाँबाट हटाइनेछ । :P 
हाइकिङका झलकहरु । 
'आबुइ नि !! खाउँला झैँ गरेर हेरिन है यी नानीले अकुर बाबुलाइ !'

क्यामेरा देख्यो कि गर्धन अररो बनाइहाल्ने यी महोदय फीलीमका लेखक हुन । यसपाली सुरदासको अभिनय सहित यीनले हाइकिङमा सहभागीता जनाएका हुन ।


हाइकिङ जान लागेको भएपनि १० दिने तिर्थयात्रामा जानेले जति खानेकुरा र अरु सरजाम बोकेर टोली थानकोट चेकपोष्टबाट अघि बढ्यो। 

'ऐया ! कटक्क पेट काट्यो त नि !'  फीलीमका लेखक महोदय यात्रा थकित भएर बाटैमा थुचुक्कै बसे ।

'यात्राको जोश ! हरेक यात्रा आरम्भ गर्दा बेग्लै उत्साह हुन्छ । सवाल यो हो कि त्यो उत्साह कतिन्जेल टिक्छ !' हाइकरहरु गोदामबाट उक्लिँदै ।

दुइदिन अघि ट्विटरमा परेको @shikaruketo@madsarea को महाभिडन्त पनि यही हाइकिङले मिलाइदियो । मध्यस्तकर्ताको रुपमा @bikuko

चार पाइला अघि सर्यो आधा घण्टा रोकियो !- हाइकरहरु खाजाको तयारीमा । 
'अरु सबै केट्केटी छौ केरे, पहिलो गास क्वाप्पै मै खान्चु है त !' @kakabaa पाउरोटी बुत्याउँदै @furious_rav पाउरोटी झम्टिँदै । 

'उकाली ज्यानको त्यो चिसोपानी कान्छी मट्याङ ट्याङ.....' गीत गाउन छोडिन्च तर जस्तो अप्ठेरो बाटो भएपनि मोवाइल चैँ चलाइन्छ है @ishzz !


खासमा टल्केको चाँही के हो? चस्मा या अर्थोक नै ! :P

'झण्डा फररर......भन्दिए कसो होला हँ !' सगरमाथा नै पुगेझै लागेछ कि के हो कुन्नी यी महोदयहरुलाइ? :P +Aakar Anil र @kakabaa 


'चार्ल्स शोभराज त हैन कतै?' खरो मेटाउँदै +Ananta Koirala 

पहरामा सुन छऽऽऽऽऽ हात पुग्दैनऽ लौरी छैनऽऽऽऽ पहरामा सुन छ..... @kakabaa र @furious_rav 

थाकेको कि पाकेको? @ishzz

गुरिल्लाका नाइके जस्ता को हुन हँ यी ? +Aakar Anil 

फूल राम्रो कि म राम्री हँ ! @jolly_pavi
'आऽऽऽ बरै ! मान्छे त म पनि कम्तिको हैन गाँठे ! खै @jolly_pavi यतालेउ त्यो गुराँस ! म पनि फोटो खिचाउँचु ।'@kakabaa  


'सबै र बाख्रा उकाली लागेऽऽऽऽ घोर्ले बाख्रो ख्वै भनऽऽऽ झम्के गुलेली !' @madsarea

हे मेरा घोप्टे जुँङा! हे मेरा घोप्टे जुँङाऽऽऽ 

उफ्ऽऽऽऽऽ धन्न आइपुगियो भन्या ! @regmijyoti
तिम्रा हातलाइ मेरा टाउकाले हानेर ढाल्दिए कसो होला हँ आकार अनिल ! 

नजर उठाएर हेर्नै सकिन के ! 


यसरी....हाइकिङ सकेर, थाकेर, लद्दु बनेर धतुरे घरतिर फिर्दो भयोऽऽऽऽ ! 

Tuesday, March 5, 2013

'बैद्य बाको बन्द'-कुपण्डोलदेखि पुल्चोकसम्मको १५ मिनेटमा देखिएका केही झलकहरु।

बन्दको रमझममा मन्त्री भेटिएपछि उत्तेजित रुपमा नारा लगाउँदै गरेको समुह कुपण्डोलमा । 

चर्का नारा सुनेर भाग्दै गरेका मन्त्रीको गाडी र सुरक्षाकर्मीको गाडीको लर्को । 

चर्का नारा सुनेर भाग्दै गरेका मन्त्रीको गाडी र सुरक्षाकर्मीको गाडीको लर्को । 

'जति नारा लगाएपनि गर्ने कसैले हैनन !' आन्दोलनकर्मीको रमाइलो नियाल्दै एकजना रिक्सा मजदुर । 

'आज त ढल्किँदै ढल्किँदै जाने हो अफिस पनि ।' सरकारी कर्मचारीहरु कार्यालय जाँदै । 

'एकछिन कुरौँ न, कोही आइहाल्छन कि?' मानिस बोक्ने रिक्सा,यात्रुको प्रतिक्षामा । 

सवारी साधन बिनाको कुपण्डोल हाइटको सडक । 

बन्दको पिडा गीत सुनेर भएपनि भुलाउनै पर्यो नि ! 

आफु त ठिकै हो बच्चाले पो सास्ती पायो त ! 

के कुटनितिक नियोगका गाडीले बन्दमा बत्ती पाल्नैपर्ने रहेछ दिउसै पनि ! 

साँझ नेपाली टिमले कति गोल खाने हो ! दिउसो बिना गोलपोष्ट एक गोल त हान्नुपर्छ !

ब्यापार पो चौपट हुने भो त ! खान क्वै आउँदैनन् । 


यताबाट दुइ उताबाट दुइ गर्दा चारै पुग्ने रहेछ । 

हेलो ! म आउन केहिबेर ढिलो हुन्छ क्या ! बल्ल त हरिहरभवन आइपुगेँ । 

उफ् यो गर्मी । त्यसमाथी बन्द । छाता नओढी भो त अब !

तल हिँड्नेले जति दुख पाउन ! हामी पोष्टरमा बस्नेहरुलाइ बात मतलब ! 



बन्दमा कैलेकाँही हिँड्दा साथीहरुसंग बात मार्न पाइने रहेछ । -बुढीगण्डकी हाइड्रो परियोजनाका अध्यक्ष लक्ष्मी देवकोटा (टोपी लगाएका)


Tuesday, December 25, 2012

असनमा दश मिनेट बिताउँदा........

असनको गल्ली र सुर्यास्तताकाको भिड

असनचोकको किनमेलको हतारो

खै खै दुइ पाउ अदुवा पाम त साउजी !

यो चैँ च्याउ लिने र दिनेको दोहोरो लाइन ।

यो पनि च्याउकै कारोवार

यता चाँही च्याउ हैन हरियो तरकारीको ब्यापार चलेको छ फेरी ।

यता पनि तरकारीकै लर्को ।

माछो, माछो, माछो... भ्यागुतोऽऽऽऽऽ हैन माछै हो है ! :)

लसुन माथी सेवा शुल्क, मात्र रु ४० रे ।

तरकारी पछि अमिला दानाहरुको ब्यापार यो कुनामा चाँही ।

टपरी र खुर्सानीको ब्यापारमा मान्छे त्यति नआएरै हो कि बज्यै मोवाइलमा मस्त भएको?

भगवान पनि ब्यापारमा राखिए !